काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्ष आफ्नो सरकार जाने बताएका छन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई दुई वर्ष पुग्नु एक हप्ताअघि राजीनामा दिनेगरी आफूले सरकारको नेतृत्व गरिरहेको बताएका हुन्।
उनले सचिवहरुलाई निर्देशन दिँदै सरकारका बारेमा ढुक्क हुन भनेका हुन्। उनले भने, 'यो सरकारमा पनि कति दिन हो र? अस्ति कसले तिथी तोक्दै गरेको सुन्याथें । राजनीतिक ज्योतिषी पल्टिदै थिए । मेरो नेतृत्वमा दुई वर्ष चल्ने हो । दुई वर्ष पुग्नु एक हप्ताअघि नै राजीनामा गरिसक्या हुनेछ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा चुनावमा जाने हो।'
उनले सरकार ढल्ने त के ढलपल समेत नहुने बताए। स्थिरता भएको सरकार भएकोमा विश्वास दिलाए । उनले थपे, 'सरकार कुनै पनि प्रकारको दाउपेच के का लागि छिर्के लगाएर बन्या होइन । कर्तव्यबोध गरेको बनाएको हो। ठूला पार्टीले सुझबुझ गरेर बनाएको हो । ढल्ने त के ढलपल पनि हुँदैन।'
स्थायित्व पनि जडतामा रहेर नभइ गतिशील हुने बताए। त्यसैले सरकारको भविष्यका बारेमा चिन्ता नगर्न पनि उनले भनेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।