• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक ८, २०८३ Sun, Oct 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

प्रतिनिधिसभा : दुर्घटना बढेकामा सांसदहरुद्वारा सरकारको ध्यानाकर्षण

64x64
नेपाल लाइभ आइतबार, साउन १३, २०८१  १५:५९
1140x725

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले पछिल्लो समय हवाई र सडक दुर्घटना बढेकामा सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समयमा बोल्दै उनीहरुले हवाईजहाज र बस दुर्घटना बढ्दै गएकामा सम्बन्धित निकाय जिम्मेवार र जवाफदेही हुनुपर्ने धारणा राखेका हुन्।

यही साउन ९ गते सौर्य एयरलाइन्सको विमान दुर्घटना हुँदा १८ जनाको ज्यान गएको तथा पहिरोले दुई बस बगाउँदा त्रिशूली नदीमा दुई हप्ताभन्दा बढी समय भइसक्दासमेत अझै ३७ यात्रु नभेटिएको घटनाप्रति सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन्। मुलुकका विभिन्न स्थानमा बाढी र पहिरोका कारण विभिन्न स्थानमा सडक अवरुद्ध भएको र यातायात सञ्चालनमा समस्या भएको विषय पनि उनीहरुले उठाएका छन्।

सांसद राजेन्द्र बजगाईंले पछिल्लो दुई वर्षमा मात्र सातवटा हवाई दुर्घटना भएकामा चिन्ता व्यक्त गरे। अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ)ले नेपालको हवाईसेवामा नियामकीय र सेवा कार्य छुट्याउनुपर्ने माग गर्दैआएकामा त्यसो हुन नसकेको उनको भनाइ थियो।

नेपाल नागरिक उड्डयन प्राधिकरणको नियामकीय भूमिकाबारे समेत सांसद बजगाईंले प्रश्न उठाए। नेपालको हवाईसेवा युरोपमा कालोसूचीमा रहेको विषय पनि उनले उठाए। सांसद सुनिता बरालले नेपालको हवाई सुरक्षामा जोखिम बढ्दै गएको विषय उठाइन्। 

एकपछि अर्को हवाई दुर्घटना हुँदा त्यसले पर्यटन क्षेत्रमा गम्भीर असर पार्ने उनको भनाइ थियो। नेपालले पर्यटन क्षेत्रमार्फत आर्थिक समृद्धिको परिकल्पना गरिरहेको बेला हवाई क्षेत्र असुरक्षित बन्दै जाँदा त्यसले नराम्रो सन्देश गइरहेको उनले बताइन्। 

सौर्य एयरलाइन्सको ब्ल्याकबक्सको विश्लेषणबाट दुर्घटना प्राविधिक कारणले भएको हो वा क्याप्टेनका कारण हो भन्ने थाहा हुने भएकाले जाँचबुझ समितिले त्यसलाई गम्भीर भएर हेर्नुपर्ने सांसद बरालले बताइन‍्। 

सांसद पूर्णबहादुर घर्तिले सौर्य एयरलाइन्सको जहाज दुर्घटना कसको कमजोरीका कारण भएको हो भन्नेबारे निष्पक्ष छानबिन गरिनुपर्ने बताए। देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुँदा यातायात सञ्चालनमा कठिनाइ भइरहेको विषय पनि उनले संसद्मा उठाए। 

सांसद राजेन्द्रप्रसाद लिङ्देनले दुर्घटनाग्रस्त सौर्य एयरलाइन्सको जहाज मर्मतसम्भारको सेवा काठमाडौँबाट दिन सकिन्थ्यो वा सकिन्थेन भन्ने प्रश्न गरे। गैरप्राविधिक र ठूलो सङ्ख्यामा कर्मचारी बोकेर उडेको उक्त विमानमा नियामक निकायले को–को जाँदैछन् भनेर समेत जानकारी नराखेकाबारे प्रश्न गरे। 

Ncell 2
Ncell 2
nimb
nimb

सांसद सञ्जयकुमार गौतमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ह्याङ्गर अभावका कारण जहाज मर्मतसम्भारका लागि पोखरा लैजानुपर्ने अवस्था आएको र सो क्रममा दुर्घटना भएको विषयमा सत्यता रहे–नरहेकोबारे प्रश्न गरे। नागरिक उड्डयन प्राधिकरणसम्बन्धी विधेयक संसद्मा ल्याइनुपर्ने उनले माग गरे।

सांसद महिन्द्रराय यादवले पूर्वराज्यमन्त्री रामचन्द्र रायको रहस्यमय ढङ्गले हत्या भएको विषय संसद्मा उठाउँदै सो प्रकरणको निष्पक्ष छानबिन गरिनुपर्ने माग गरे। साथै नेपाली आकाश हवाई यातायातका लागि असुरक्षित हुँदै गएकाप्रति चिन्ता व्यक्त गरे। 

सांसद सर्वेन्द्रनाथ शुक्लले सौर्य एयरलाइन्सको जहाज दुर्घटना र दुईवटा बस त्रिशूली नदीमा हराइरहेको विषय संसद्मा उठाए। लामो समयदेखि ग्राउन्डेड जहाज प्राविधिक रुपमा ठीक छ वा छैन भन्ने जाँच नगरीकन उडान अनुमति दिनु गम्भीर गल्ती भएको उनको भनाइ थियो ।

सांसद पूर्णबहादुर तामाङले सिन्धुपाल्चोकमा बाढी पहिरोमा परेर तीनजनाको मृत्यु भएको र मृतकका परिवारलाई राहतका लागि सरकारसँग माग गरे। जथाभावी सडक बनाउँदा वर्खायाम लागेपछि समस्या पर्ने र हिउँदमा फेरि वास्ता नगर्ने परिपाटी रहेको बताए। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सांसद गणेश पराजुलीले नेपाल विद्युत् प्राधिकरणको हाइभोल्टेज तार व्यवस्थापन गर्न नसक्दा नागरिकले ज्यान गुमाउने गरेका तथा ढल र खानेपानीका पाइप व्यवस्थापन हुन नसक्दा सडक असुरक्षित बन्दै गएको विषय उठाए। त्यस्तै, नक्कली भूटानी शरणार्थी प्रकरणका आरोपीलाई पक्राउ गर्ने प्रहरी अधिकारीलाई सरकारले सरुवा गरेको उहाँको आरोप थियो।

सांसद प्रभु साहले सौर्य एयरलाइन्सको जहाज दुर्घटनाले नेपालको हवाई क्षेत्र असुरक्षित छ भन्ने सन्देश गएको बताए। यसका लागि सम्बन्धित निकाय जिम्मेवार र जवाफदेही हुनुपर्ने उनको भनाइ थियो।

सांसद हरि ढकालले चालु आर्थिक वर्षको मौद्रिक नीति निजी क्षेत्रमैत्री आएको उल्लेख गर्दै अघिल्लो सरकार र अर्थमन्त्रीलाई राष्ट्र बैङ्कले सहयोग नगरेको आरोप लगाए।रासस

प्रकाशित मिति: आइतबार, साउन १३, २०८१  १५:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड
सम्बन्धित सामग्री
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा ‘पार्टी जागरण अभियान’ शुभारम्भ गर्दै उनले दुई दलबीच राजनीतिक कार्यशैली र सुशासनप्रतिको... शनिबार, कात्तिक ७, २०८३
जनताको घरदैलोमा पुगेर असन्तुष्टि सुन्छौँ : माधव नेपाल शनिबार पेरिसडाँडास्थित पार्टी कार्यालयमा दुईमहिने राष्ट्रिय जागरण अभियानको शुभारम्भ गर्दै उनले जनतासँग प्रत्यक्ष संवाद गरेर गुनासा,... शनिबार, कात्तिक ७, २०८३
प्रचण्डको दाबी : नेपाल नयाँ भूराजनीतिक चलखेलको भूमरीमा विगतमा देशमा भएका राजनीतिक परिवर्तनमा आफ्नो पार्टीले महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै प्रचण्डले वर्तमान परिस्थितिमा थप गम्भीर... शनिबार, कात्तिक ७, २०८३
ताजा समाचारसबै
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान शनिबार, कात्तिक ७, २०८३
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड शनिबार, कात्तिक ७, २०८३
कर्णालीका ७१ पालिकामा मात्र सडक सञ्जाल शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
कात्तिकमा १८ दिन बिदा, १२ दिनमात्र खुल्नेछन् सरकारी कार्यालय शनिबार, कात्तिक ७, २०८३
दुई कार एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु, छ घाइते शनिबार, कात्तिक ७, २०८३
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्