काठमाडौं– सांसद राजेन्द्र बजगाइँले गोरखा जिल्लामा पहिरोमा परी घाइते भएकाको उद्धारमा सैनिकको हेलिकप्टर जान नसकेको तर निजी कम्पनीको हेलिकप्टरले उद्धार गरेकोप्रति प्रश्न उटठाएका छन्। आइतबार उनले प्रतिनिधिसभाको वैठकमार्फत यस्तो प्रश्न उठाएका हुन्।
गोरखा जिल्लाको धार्चे गाउँपालिका ५ मा गएराति गएको पहिरोमा परी साने जितबहादुर गुरुङ सुलाल गुरुङ रमेश गुरुङ रमेश परिवार वेपत्ता भएका छन् भने २ जना घाइतेहरुलाई उपचारका लागि हेलिकप्टरमार्फत उद्धार गरेर काठमाडौं ल्याइएको छ।
‘नेपाल सरकारसित हेलिकप्टर उद्धारको याचना गर्दा सरकारले अथाव गृहमन्त्रालयले बिलम्ब गर्यो। र प्राइभेट हेलिकप्टर गयो। भनिएको थियो नुवाकोट र धादिङको आकासमा प्रतिकूल मौासमका कारण सैनिकको हेलिकप्टर उड्न सकेन। तर यसमा सरकारको गम्भिर ध्यानाकर्षण भएको छ,’ उनले भने,‘मैले गृहमन्त्री ज्यूलाई यो प्रश्न गरेको छु। मलाई लाग्छ यस्तो त्रुटि अब नहोस्। सैनिकको हेलिकप्टरलाई लाग्ने प्रतिकूल मौसमको समस्या प्राइभेटलाई किन लागेन? अथवा उहाँहरुले कसरी उडान भर्न सक्नुभयो, जोखिममा उडान भयो कि त्यसमा छानबिन गर्ने हो कि? तर उघार भयो राम्रो भयो।’
यस्तै नेपालको एभिएशन सेफ्टीको बारेमा समेत उने प्रश्न उठाए। नेपालमा हालसम्म १०८ वटा हवाई दुर्घटना भएको तर सरकारले यसप्रति ध्यानाकर्षणसमेत नभएको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।