काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई सेवा प्रवाह र विकास निर्माणमा तत्काल गर्न सकिने कामका विषयमा सबै मन्त्रालयका सचिवहरुसँगले छलफल गरेका छन्।
आइतबार बिहानदेखि प्रधाननमन्त्री ओलीले छलफल थालेका हुन्। यस्तै प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्का सबै मन्त्री र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष एवं सदस्यहरुसँगसमेत छलफल गरेका छन्। बैठक सिंहदरबारमा अहिले पनि जारी छ।
प्रधानमन्त्री ओलीले सरकार गठन भएपछि पहिलोपटक उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णुप्रसाद पौडेलसहित सबै मन्त्री तथा सचिव र योजना आयोगका पदाधिकारीहरूलाई निर्देशन दिन लागेको सिंहदरबारस्थित प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
अहिले मन्त्रालयले गर्दै आएका कामको अवस्था, रोकिएका काम र रोकिनुका कारण? नागरिकलाई सेवा प्रवाहमा र विकास निर्माणमा तत्काल गर्न सकिने कामको विषय मुख्य अजेण्डा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।