• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

एक वर्षमा एक हजारबढी नेपाली श्रमिकले विदेशमा गुमाए ज्यान

64x64
कल्पना घिमिरे शनिबार, साउन १२, २०८१  १४:४७
1140x725

काठमाडौं– गत आर्थिक वर्ष २०८०/०८१ (एक वर्षभरी) मा वैदेशिक रोजगारीका लागि साढे ७ लाख नेपाली विदेशिएका छन्। सोही अवधिमा १ हजार ३४६ जना नेपाली श्रमिकले ज्यान गुमाएका छन्। २०८० साउन १ देखि ०८१ असार मसान्तसम्मको अवधिमा श्रम स्वीकृति लिएर ७ लाख ४१ हजार २९७ नेपाली विश्वभरका १४९ मुलुकमा वैदेशिक रोजगारीमा गएको वैदेशिक रोजगार विभागले जनाएको छ।

रोजगारीका निम्ति नेपाली एसिया, अस्ट्रेलिया, अफ्रिका, युरोप, दक्षिण अमेरिका र उत्तर अमेरिका महादेशका धेरैजसो देशमा पुगेका विभागले जनाएको छ। संयुक्त राष्ट्रसंघमा हाल १९३ देश सदस्य छन्। तीमध्ये ७७.२० प्रतिशतमा नेपाली रोजगारीका लागि गएको विभागको भनाइ छ।

गत आर्थिक वर्ष वैदेशिक रोजगारीमा गएका मध्ये सबैभन्दा बढीको रोजाइमा युनाइटेड अरब इमिरेट्स (यूएई) परेको छ। यूएईमा सबैभन्दा बढी एक लाख ९३ हजार ४३८ जना गएका छन्। सबैभन्दा कम अल्जेरियालगायत १७ देशमा एक÷एकजना मात्र गएका छन्।

सबैभन्दा ठूलो संख्यामा नेपाली वैदेशिक रोजगारीमा गएका देशमा क्रमशः यूएई, साउदी अरेबिया, कतार, मलेसिया, कुवेत, क्रोएसिया, रोमानिया, जापान, दक्षिण कोरिया, बहराइन, माल्दिभ्स, मौरिसस, साइप्रस, ओमान र माल्टा छन्। उक्त अवधिमा दोस्रो ठूलो संख्यामा नेपाली रोजगारीका लागि साउदी अरेबिया गएका छन्। साउदी अरेबियामा १ लाख ४१ हजार ५०२ नेपाली गएका हुन्।

यस्तै, गत आर्थिक वर्ष वैदेशिक रोजगारीका क्रममा कतारमा एक लाख ३४ हजार ६६९, मलेसियामा एक लाख तीन हजार ४४२, कुवेतमा ४० हजार ३६८, क्रोएसियामा १५ हजार ३६४, रोमानियामा १५ हजार २१, जापानमा १३ हजार ८६४ र दक्षिण कोरियामा १३ हजार २६ नेपाली गएका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

बहराइनमा ९ हजार ८०६, माल्दिभ्समा ७ हजार ४५५, मौरिससमा ७ हजार ४०८, साइप्रसमा ६ हजार ९५०, ओमनमा ५ हजार ९१० र माल्टामा ५ हजार ६६८ नेपाली रोजगारीका निम्ति श्रम स्वीकृति लिएर गएका छन्।

१ हजार बढिले गुमाए ज्यान
वर्षभरिमा १ हजार बढि नेपाली श्रमिकले बोर्ड  ज्यान गुमाएका छन्। गत आर्थिक वर्ष २०८०÷०८१ मा वैदेशिक रोजगारमा गएका १ हजार ३४६ जना नेपाली श्रमिकले ज्यान गुमाएको बोर्डले जनाएको छ। जसमध्ये ४४ जना नेपालीले कार्यस्थल दुर्घटनाबाट ज्यान गुमाएका छन्। यस्तै हृदयघात हुँदा १८९ जना नेपाली श्रमिकको ज्यान गएको बोर्डको तथ्यांकमा उल्लेख छ। सडक दुर्घटनाबाट १३५ जना नेपालीको  ज्यान गएको तथ्यांकमा उल्लेख छ। प्राकृतिक मृत्यूबाट २१० जना नेपालीले ज्यान गुमाएका छन्।  २८ जना क्यान्सर, ४७ जना विरामी परेर मृत्यु भएको बोर्डको तथ्यांकमा उल्लेख छ।

यस्तै ६१ जना थाहा नभएको, ३० आत्महत्या, मृगौला रोगले ३ जना, ७ जना हत्या, ७ कोभिड १९, २८७ रोग, ८७ अन्य कारणले मृत्यु भएको र ५४ जना श्रमिकको के कारण मृत्यु भएको भन्ने बारे अनुसन्धान भइरहेको बोर्डले जनाएको छ। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

सबैभन्दा धेरै मृत्यु खाडीमा
वैदेशिक रोजगारीका लागि नेपालीहरु सबैभन्दा धेरै खाडी मुलुकमा गएको तथ्यांक छ। यस्तै वैदेशिक रोजगारीमा रहेका श्रमिकहरु मृत्यु हुनेमध्ये पनि सबैभन्दा धेरै खाडी मुलुकमा नै रहेको पाइएको छ। जसमध्ये नेपाली श्रमिक मृत्यु हुनेमा सबैभन्दा बढि साउदी अरेबियामा रहेको बोर्डको तथ्यांकमा उल्लेख छ। साउदी अरेबियामा ३४८ जना नेपाली श्रमिकले ज्यान गुमाएका छन्। यस्तै दोस्रोमा मलेसिया रहेको छ। मलेसियामा ३४५ जना श्रमिकले विभिन्न कारणवस  ज्यान गुमाएका छन्। 

यस्तै नेपाली श्रमिकको मृत्यु हुने तेस्रो स्थानमा कतार चौथो युएई र पाँचौँ कुवेत रहेको तथ्यांकमा उल्लेख छ। कतारमा २४०, युएईमा २३१ र कुवेतमा ६२ जना नेपाली श्रमिकले ज्यान गुमाएका छन्।

यस्तै द.कोरियामा २८ बहराइन १७, जापान १७  रोमानिया १२, क्रोएशिया ९, ओमान ५, पोल्याण्ड ४, जोर्डन, माल्दिभ्स र मौरिससमा ३÷३ जना, साइप्रस, इजराइल, माल्टा, रसिया, ससेस्ज र उज्बेकिस्तानमा २÷२ जना, इजिप्ट, हङकङ, काजकिस्तान, मोजाम्बिक, न्यूजिल्याण्ड, वेलायत र अफगानिस्तानमा १÷१ जना नेपाली श्रमिकले ज्यान गुमाएको तथ्यांकमा उल्लेख छ। 

४७ करोड बढी आर्थिक सहायता प्रदान
विदेशमा मृत्यु हुने नेपाली श्रमिकमध्ये ९०७ जनाले क्षतिपूर्तिवापत रकम प्राप्त गरेका छन् भने ४३९ जनाले क्षतिपूर्ति पाउन बाँकी रहेको बोर्डको तथ्यांकमा  उल्लेख छ। ९०७ जनालाई बोर्डले ४७ करोड  ६२ लाख ७५ हजार रुपैयाँ क्षतिपूर्तीवापत रकम वितपरण गरेको छ। जसमध्ये ७ लाख रुपैयाँ प्राप्त गर्ने ६७२ जना रहेका छन् भने उनीहरुले ४७ करोड ४लाख रुपैयाँ प्राप्त  गरेका छन्।

प्रकाशित मिति: शनिबार, साउन १२, २०८१  १४:४७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय यससम्बन्धी कार्यक्रम सञ्चालनका लागि शुक्रबार मन्त्रालय र पुनर्निर्माण अभियान नेपालबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ। मन्त्री सिता ब... शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
ताजा समाचारसबै
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्