काठमाडौं– एएफसी फुटसल च्याम्पियनसिप छनोटका लागि नेपाली राष्ट्रिय फुटसल टिम इरान प्रस्थान गरेको छ।
१५ अक्टोबरदेखि इरानमा हुने छनोटमा नेपाल मध्य एसियाको समूह 'ए'मा छ। नेपाल रहेको समूहमा उज्वेकिस्तान, किर्गिस्तान र तुर्केमिनिस्तान छन्। समूहका शीर्ष २ टिम सन् २०१८ मा चाइनिज ताइपेइमा हुने एएफसी फुटसल च्याम्पियनसिपमा छनोट हुनेछन्। च्याम्पियनसिपमा १६ टिमबीच प्रतिस्पर्धा हुनेछ।
छनोटमा नेपालले १५ अक्टोबरमा उज्वेकिस्तान, १६ अक्टोबरमा किर्गिस्तान र १७ अक्टोबरमा तुर्केमिनिस्तानसँग प्रतिस्पर्धा गर्नेछ।
यसैबीच, राष्ट्रिय फुटसल टिमलाई 'जर्सी पसल'ले प्रायोजन गर्ने भएको छ। जर्सी पसलले वार्षिक १० लाख रुपैयाँ बराबरको जर्सी उपलब्ध गराउने अखिल नेपाल फुटबल संघले जनाएको छ।
नेपाली टिम
गोलकिपर– अनिस श्रेष्ठ, सुमितकुमार आले
डिफेन्डर– राज शाही, सौरभ मगर, अमित तामाङ
मिडफिल्डर– अरुज सिंह, नवीन लामा, विनोद गुरुङ, मणीकुमार लामा, अभय राना
फरवार्ड– सुसन श्रेष्ठ, संजोग महर्जन, निर्मल गुरुङ, सुरज राउत
प्रशिक्षक– राकेश श्रेष्ठ
सहायक प्रशिक्षक– राजेश खड्गी र विष्णु गुरुङ
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।