काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज बस्दै छ ।
बिहान ११ बजे केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने बैठकमा संगठनको आन्तरिक रणनीति, आगामी कार्यक्रम र कार्यदिशा तथा दलको अधिवेशनको तयारीबारे छलफल हुने रास्वपाले जनाएको छ ।
बैठकमा रास्वपाबाट उपसभामुख बनेकी इन्दिरा रानामगरले अमेरिकी दूतावासलाई लेखेको विवादित पत्र लगायतका विषयमा पनि छलफल हुने जनाइएको छ । रानामगरले भिसाका लागि अन्तर्वार्ताको मिति मिलाइदिन आग्रह गर्दै अमेरिकी दूतावासलाई लेखेको पत्र विवादमा परेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।