काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल बुद्ध दर्शनको संवाहक भएको बताएका छन्।
बुधबार काठमाडौंमा अजय क्रान्ति शाक्यको बुद्धको मौलिक दर्शन पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले नेपाल बुद्धको जन्मथलो मात्रै नभई बुद्ध दर्शनको वाहक रहेको बताए।
उनले बुद्धले बिना ज्ञान घर, दरबार, परिवार नछोडेको बताए। उनले बिना ज्ञान सबै कुराको त्याग गर्न नसकिने बताए।
उनले बुद्धले नेपालसहित भारतका विभिन्न स्थानमा गएर तपस्या र ध्यान गर्नुभएको बताए। उनले दान गर्नु धेरै महत्त्वपूर्ण रहेको बताए।
अध्यक्ष ओलीले नेपाल बुद्धको जन्मथलो भएको र नेपालबाटै बुद्ध धर्मको बिस्तार भएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।