काठमाडौं– सौर्य एयरलाइन्सको जहाज दुर्घटनालगत्तै गृहमन्त्री रमेश लेखक घटनास्थलतर्फ लागेका छन्।
काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज बुधबार बिहान दुर्घटना भएको हो। विमान करिब ११ बजेतिर दुर्घटना भएको हो।
जहाजमा १९ जना सवार रहेको जनाइएको छ भने उद्धारकर्ताले केहीको शव निकालेका छन्।
जहाज उड्नेवित्तिकै विमानस्थलको धावनमार्गबाट उत्तरपूर्वतर्फ पर्ने केही नजिकको क्षेत्रमा दुर्घटनाग्रस्त भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।