काठमाडौं । सरकारले यही शुक्रवारदेखि दसैंलक्षित सहुलियत पसल सुरु गर्ने भएको छ। दसैंमा सुपथ मूल्यमा खाद्यान्न उपलब्ध गराउने उद्देश्यले मुलुकभरका विभिन्न एक दर्जन स्थानमा यस्तो सुपथ मूल्य पसल खोल्न लागिएको बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ।
_x000D_
_x000D_
यस्तो पसल सहकारी पसलहरू र विभागसँग सूचीकृत भई डिलर तथा खुद्रा पसलहरूले यस्तो सुपथ मूल्य पसल सञ्चालन गर्ने विभागका महानिर्देशक योगेन्द्र गौचनले जानकारी दिए।
_x000D_
_x000D_
नेपाल खाद्य संस्थान, साल्ट ट्रेडिङ कर्पोरेसन र दुग्ध विकास संस्थानले सोझै सहकारी संस्थाका सदस्य पसलहरूलाई र डिलर तथा खुद्रा पसललाई सुपथ मूल्यमा तोकिएका खाद्य वस्तु उपलब्ध गराउने र ती पसलले उपभोक्तालाई खाद्यान्न बिक्री÷वितरण गर्ने मोडलमा अघि बढेको विभागले बताएको छ।
_x000D_
_x000D_
विभागका अनुसार यस्ता सुपथ मूल्य पसल काठमाडौं उपत्यकामा लैनचौर, बसन्तपुर र खुमलटारमा रहनेछन्। त्यस्तै, उपत्यकाबाहिर हेटौंडामा हटौंडा अद्यौगिक क्षेत्र र सालोक चोक, विराटनगरमा कंचनबारी र महेन्द्र चोक, जनकपुरमा ढल्केवर र भानुचोक, वुटवलमा, नेपालगंजमा र धनगढीमा सुपथ मूल्य पसल सञ्चालन हुने विभागको भनाइ छ।
_x000D_
_x000D_
यसबाहेक तीनवटै संस्थानले रामशाह पथको नेसनल ट्रेडिङका भवन रहेको स्थानमा संयुक्त एकीकृत सहुलियत पसल संचालन गर्नेछन्। साल्ट ट्रेडिङले भने नून र चिनी संयुक्त एकीकृत सहुलियत मूल्यका पसल संचालन हुने ठाउँबाहेक काठमाडौंका नौ वटा स्टल र तीन वटा घुम्ती पसलबाट र काठमाडौंबाहिर डिपो र कार्यालय गरी २४ स्थानबाटसमेत गरी ३६ स्थानमा सुपथ मूल्य पसल चलाउनेछ।
_x000D_
_x000D_
कुनमा कति छुट ?
_x000D_
विभागका अनुसार सुपथ मूल्य पसलका लागि दाल – चामलका हकमा उद्योगले ३ र थोक बिक्रेताहरूले ३ प्रतिशत छुट दिनेछन्।
_x000D_
_x000D_
त्यस्तै, तेल, घ्यू उद्योगले ती वस्तुमा प्रतिलिटर ३ रुपैयाँ, पैठारीकर्ताले आयातित तेलमा प्रति ५ लिटरमा एक सय ५० रुपैयाँ, चिनी उद्योगले प्रतिकिलो चिनीमा मूल्य अभिवृद्धि कर (भ्याट) बाहेक ५७ रुपैयाँ र सरकारी उद्योगले उत्पादन गरेको मसलामा प्रतिकिलो १० रुपैयाँ छुट दिने विभागले जनाएको छ।
_x000D_
_x000D_
सहुलियत पसल आगामी २७ कात्तिकसम्म चल्नेछ।
_x000D_
_x000D_


_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।