काठमाडौँ- नेकपा माओवादी केन्द्रका सांसद सुदन किराँतीले संसद्मा प्रतिपक्षी सानो छ भनेर हेप्न खोजिएको आरोप लगाएका छन्। प्रतिनिधि सभाको मंगलबारको बैठकमा विशेष समयमा बोल्दै पूर्वमन्त्री किराँतीले लोकतन्त्रमा आकारले नभई मुद्दाले स्थान लिने उल्लेख गरे।
उनले भने, ‘दुई ठूला दल गठबन्धन गरेर सरकार बन्यो। सरकारले समावेशी सिद्धान्तको धज्जी उडाएको छ। सरकार काँशी जान्छु भनेर कुत्तीको बाटो लागेको छ’।
विभिन्न प्रकरणमा मुछिएकाहरूलाई मन्त्री बनाएर पुरस्कृत गरिएको र सुशासनको मुद्दामा प्रधानमन्त्रीले सदनमा बोलेको कुराले जगलाई मुर्ख बनाउने काम गरेको उनको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।