चितवन- चितवन २ बाट निर्वाचित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद कृष्णभक्त पोखरलले मुलुकी अपराध संहितामा गरिएका व्यवस्थालाई लिएर डाक्टरहरुले आन्दोलन गर्नु नपर्ने बताएका छन्।
_x000D_
_x000D_
चितवनको भरतपुरस्थित नारायणगढमा आइतबार आयोजित आठौं हेल्थ अवार्ड तथा नेपाल लाइभको पहिलो वार्षिकोत्सवका कार्यक्रममा बोल्दै पोखरलले मुलुकी संहिता लेख्दा केही कमजोरी भएको स्वीकार गरे।
_x000D_
_x000D_
'केही कमजोरी भएका छन्। खासगरी लापरबाही र हेलचेक्र्याइँको निरुपण कसले गर्ने भन्ने विषयमा कमजोरी भएको हो', उनले भने, 'डाक्टरले आफ्नो क्षमताले उपचार गर्दा बिरामीलाई केही भएमा आफन्तले पुलिसकहाँ उजुरी गरे भने लापरबाही भएको हो कि होइन भनेर कसले अभियोजन गर्ने?'
_x000D_
_x000D_
पोखरेलले नियम कानुन बनाउँदा मलाई नै पर्छ भनेर नसोच्न डाक्टरहरुलाई आग्रह गरे।
_x000D_
_x000D_
हेल्थ अवार्डबाट सम्मानितहरुलाई बधाई दिँदै पोखरलले पुरस्कारले हजारौंहजारलाई उत्प्रेरित गर्ने बताए। 'सम्मान पाउनेहरुले सम्मान पाउनैका लागि काम गरेका होइनन्', उनले भने, 'तर, यो सम्मानले अरु हजारौंहजारलाई उत्प्रेरित गर्छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।