काठमाडौँ- सांसद सुशीला थिङले संविधान अनुसार ३३ महिला मन्त्री हुनुपर्ने भए पनि त्यो व्यवस्था लागू नभएको गुनासो गरेकी छिन्। उनले संविधान उल्लेख भएको विषय कहिले लागू गर्ने हो भनेर प्रश्न समेत गरेकी छन्।
मंगलबारको प्रतिनिधि सभा बैठकमा उनले भनिन्, ‘कहिल्यै पनि ३३ प्रतिशत महिला क्याबिनेटमा देख्न नपाइने भो। सायद पुरुषहरू नै प्रमुखमा भएर होला महिलाहरू मन्त्रीमा सिफारिस नै हुँदैनन्। मेरो उदाहरण प्रतिनिधि पात्र मात्र हो। मैले कानुनमा स्नातक गरेकी छु। सोसोलोजीमा स्नातकोत्तर गरेकी छु तर म कहिल्यै मन्त्री बन्न योग्य भइनँ।’
उनले आफूले समानुपातिक कोटाबाट उपाधि नपाएको भन्दै महिलाहरू कहिलेसम्म यो समानुपातिक दर्जामा दर्ज हुनुपर्ने हो भनेर प्रश्न गरिन्। ‘हामीलाई कहिले समान बनाउने हो? संविधानमाथि उठेको प्रश्न भएकाले मैले संविधान लागू होस भनेको मात्र हो’, सांसद थिङको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।