काठमाडौं–राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित महामन्त्री मुकुल ढकालले भिसा सिफारिस विवादमा उपसभामुख इन्दिरा रानामाथि छानबिन हुनुपर्ने बताएका छन् ।
आज बिहान सामाजिक सञ्जालमा लेख्दै उनले उपसभामुखको विषय पार्टीमात्र नभई देशकै प्रतिष्ठासँग जोडिएको राज्यको उपल्लो तहको विषय भएकाले यसमा छानविन हुनपर्ने बताएका हुन् । ‘मलाई प्राप्त सूचना र प्राप्त प्रमाणका आधारमा, म यति भन्न सक्छु , आर्थिक लेनदेन भएको कुरालाई इन्कार गर्न सकिन्न,’ उनले भनेका छन् ।
ढकालले एक वर्षअगािड उपसभामुख सचिवालयले अमेरिका पठाइदिने भन्दै पीडितसँग पैसा लिएको र अमेरिकाको भिसा नलागेपछि कहिले बेलायत त कहिले अर्को कुनै देश पठाइदिने भन्दै उपसभामुख सचिवालयले अलमलाएका कारण आफ्नो पैसा फिर्ता गराइदिन भन्दै पीडित पार्टीको सम्पर्कमा आएको पनि उनले उल्लेख गरेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।