काठमाडौं– वैदेशिक रोजगारीमा जाने कामदारमाथि ठगी हुने क्रम बढ्दै गएको छ। सरकारले वैदेशिक रोजगारीका नाममा ठगी गर्ने म्यानपावर कम्पनी र तिनका प्रतिनिधि एजेन्टलाई निगरानी गरे पनि विदेशिने कामदारमाथि हुने ठगी भने कम हुन सकेको छैन।
_x000D_
_x000D_
दैनिक उजुरी लिएर वैदेशिक रोजगार विभागमा पुग्ने रोजगारपीडित ५ देखि १० जनासम्म हुने गरेका छन्। विभागमा चालू आर्थिक वर्ष सुरु भएको दुई महिनामा व्यक्तिगत र संस्थागत गरी कुल ४ सय ३३ उजुरी परेका छन्। उक्त उजुरीसँगै पीडितले दूवैतर्फ गरी १९ करोड ४८ लाख ८१ हजार रुपैयाँ बिगो दावी गरेको विभागले जानकारी दिएको छ।
_x000D_
_x000D_
विभागले यो अवधिमा दुवैतर्फ १ सय ७१ वटा मुद्दा मात्र फरफारक गरेको छ। जसमा ३ करोड ९१ लाख १६ हजार पीडितलाई क्षतिपूर्ति भराएको छ।
_x000D_
विभागमा उजुरी दर्ता भएमध्ये २ महिनाको अवधिमा आधाभन्दा कमको मात्र सुनुवाइ गरेको विभागकै तथ्यांकले बताउँछ। विभागको पछिल्लो तथ्यांकअनुसार व्यक्तिगततर्फ जम्मा २ सय ४४ वटा उजुरी परेका छन्। जसमा १ सय ४३ वटा उजुरीको मात्र फरफारक भएको छ।
_x000D_
_x000D_
व्यक्तिगततर्फ पनि विभागमा उजुरी पर्ने क्रम निरन्तर बढेको छ। व्यक्तिगततर्फ थोरै मात्र उजुरीको फरफारक हुने गरेको देखिन्छ। व्यक्तिगत तर्फका १ सय ८९ उजुरीमा २८ वटा उजुरीको फरफराक गरेको पाइन्छ। जसमा १० करोड ६५ हजार बिगो दावीसहितको उजुरी पीडितले विभागमा गरेका थिए। त्यसमा विभागले दुई करोड ६१ लाख १७ हजार मात्र भराउन सफल भएको विभागकै तथ्यांकमा छ।
_x000D_
_x000D_
संस्थागततर्फका मुद्दा विभागमै फरफारक गरिन्छ। त्यस्ता मुद्दा कम मात्र अदालत पुग्ने गरेका छन्। दुई महिनाको अवधिमा ४३ वटा उजुरी वैदेशिक रोजगार न्यायाधीकरणमा दर्ता भएको विभागले जानकारी दिएको छ।
_x000D_
_x000D_
विभागको पछिल्लो तथ्यांकलाई हेर्दा वैदेशिक रोजगारीमा जाने कामदार व्यक्तिगत दलालबाटै बढी ठगिने गरेको विभागको उजुरी शाखाले जानकारी दिएको छ।
_x000D_
विभागमा समस्या लिएर आएका रोजगार पीडितलाई न्याय र आर्थिक क्षतिपूर्ति दिलाउन कुनै कसुर बाँकी नराखेको विभागका प्रवक्ता उद्धवप्रसाद रिजालले बताएका छन्। कतिपय व्यक्तिगत उजुरीमा
_x000D_
_x000D_
दोषी पक्राउ गर्ने समस्या हुने गरेको उनको भनाइ छ।
_x000D_
विभागमा मासिक रुपमा उजुरी गर्ने पीडितको संख्या बढ्दै गए पनि ठगीमा संलग्न दोषीलाई कानुनी दायरामा ल्याई उजुरी परेअनुसार कारबाही गर्न सकेको देखिँदैन।
_x000D_
_x000D_

_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।