फाइल तस्बिर
काठमाडौं– नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले केपी शर्मा ओली नेतृत्वको सरकारलाई असफल हुने छुट नरहेको बताएका छन्।
सोमबार प्रतिनिधि सभामा शून्य समयमा बोल्दै उनले ओली नेतृत्वको सरकारले दुईतिहाइ बहुमतसहितको समर्थन पाएको बताए। तथापि, चुनौतीहरु आउन सक्ने बताए। चुनौतीहरुलाई चिरेर अगाडि बढ्न नेतृत्व सक्षम हुने उनले बताए।
‘….यो सरकारलाई असफल हुने छुट छैन। त्यसकारणले सफल हुने गरी यो सरकार अगाडि बढ्नेछ। देशबासीले यही अपेक्षा गरेको छ’ बर्तौलाले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।