सुर्खेत- कर्णाली प्रदेश सरकारबाट माओवादीका ४ जना मन्त्रीले राजीनामा दिएका छन्। उनीहरुले मुख्यमन्त्री यामलाल कँडेलसमक्ष सोमबार राजीनामा बुझाए।
माओवादीबाट नियुक्त भएका आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसी, सामाजिक विकास मन्त्री वीरबहादुर शाही, जलस्रोत तथा ऊर्जा मन्त्री रणसिंह परियार र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दुर्गबहादुर रावतले राजीनामा दिएका हुन्।
केन्द्रमा नेपाली कांग्रेस र एमालेबीच गठबन्धन बनेसँगै कर्णाली प्रदेश सरकारबाट माओवादी बाहिरिएको हो। उनीहरु गत वैशाख १८ गते नियुक्त भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।