बुटवल- प्रदेश प्रमुख अमिक शेरचनले लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान गरेका छन्। उनले नयाँ सरकार गठनका लागि दलहरूलाई सोमबार साँझ ६:३० बजेसम्मको समय दिएर दाबी पेस गर्न आह्वान गरेका हुन्।
प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ बमोजिमको नयाँ सरकार गठनका लागि आह्वान गरिएको प्रदेश प्रमुखको कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ।
आइतबार लुम्बिनीका मुख्यमन्त्री जोखबहादुर महराले राजीनामा दिएका थिए। मुख्यमन्त्रीले राजीनामा दिएपछि नयाँ सरकार गठनका लागि आह्वान गरिएको हो। नयाँ सरकार गठनका लागि कांग्रेस र एमालले दाबी गर्ने तयारी गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।