काठमााडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशमा निराशा उत्पन्न हुनुमा को कति जिम्मेवार छ भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गरेका छन्।
विश्वासको मत माग्नुअघि गरेको सम्बोधनमा प्रधानमन्त्री ओलीले देशमा चरम निराशा छाएको र त्यसलाई चिर्न नयाँ सरकार बनेको बताएका थिए। त्यसकै उत्तर दिँदै लामिछानेले ३४ वर्षदेखि सत्ता र राजनीतिमा भएका दलका नेताले निराशा भयो भनेर कसलाई सोधेको हो भन्दै प्रश्न गरेका हुन्।
यस्तै उनले यतिका समयदेखि राजनीति गरेर सत्ता सम्हालेर फेरि निराशा छायो भनेर कसलाई सोधिराखेको भन्दै प्रश्न गरे। यदि नयाँ दललाई सुनाएको हो भने पछिल्लो पाँच महिनाको जिम्मेवारी आफूहरु लिनेसमेत चुनौती दिएका छन्।
उनले भने, ‘प्रधानमन्त्रीले व्यक्त गरेको निराशाको कारक को रहेछ। प्रधानमन्त्रीले पढेको स्कृष्ट मैले वा नयाँ मानिसले पढेको भए उपयुक्त हुन्थ्यो। तर उहाँले नै पढ्नु भयो आखिर कसले होर? ३४ वर्षदेखि तपाइँहरु यहिँ हुनुहुन्छ कसलाई सुनाएको हामीलाई? यो पाँच महिनामा यो देशको हरिबिजोक हामीले बनजाएको हो? पाँच महिनाको जिम्मा हामी लिन्छौं। तर बाँकी तपाइँहरुले जिम्मा लिन सक्नुहुन्छ?’
यस्तै सम्बोधनका क्रममा नेल्सन मण्डेलाको उदाहरण दिएको प्रशंगमा लामिछानेले मन्डेलाको स्थानमा आधुनिक युगमा कोही पनि नपुग्ने बताए। २८ वर्ष जेल बसेर राजनीतिमा आएका मण्डेलाले एकपटक मात्र शासन गरेर नयाँ पुस्तालाई हस्तान्तरण गरेको स्मरण गराउँदै लामिछानेले त्यो हिम्मत राख्न पनि प्रधानमन्त्रीलाई अनुरोध गरे।
उनले नयाँ दललक्षित स्टन्ड भन्ने भाष्य प्रयोग गरिएकोमा सक्ने भए स्टन्ट गरेर देखाउन चुनौतीसमेत दिए। सुशासनको विषयमा निर्ममतापूर्वक अगाडि बढ्ने विश्वास भए पनि पछिल्ला गतिविधिले त्यो नदेखिएकाले आफूहरुले विश्वासको मत नदिने बताए।
आफूहरुले जसजसमाथि अनुसन्धान सुरु गरेका थियौं उनीहरु नै बालकोटमा बसेर गित गाएको सुनिएपछि विश्वास नभएको उनको भनाइ छ। उनले बाँसबारी, बालमन्दिर, शरणार्थी प्रकरण लगायतका काण्डहरुमा मुछिएकाहरुलाई नै मन्त्रिमण्डलमा राखेर पुरस्कृत गरिएकाले आफूहरुमा अब सरकारप्रति सुशासनको विश्वास नभएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।