काठमाडौं-लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले पनि आज प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन् ।
आज दिउँसो बस्ने प्रदेशसभाको बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूची रहेको लुम्बिनी प्रदेशसभा सचिवालयले जनाएको छ। गत चैत २३ गते ४८ जना प्रदेशसभा सदस्यको समर्थनमा माओवादी केन्द्रका जोखबहादुर महरा मुख्यमन्त्री बनेका थिए ।
यस्तै बागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पनि आज नै प्रदेशसभाबाट विश्वासको मत लिँदै हुनुहुन्छ । नेकपा एमाले संसदीय दल बागमती प्रदेशले मुख्यमन्त्री शालिकराम जम्कट्टेको विश्वासको मतको विपक्षमा मत दिन आफ्ना सांसदलाई ह्विप जारी गरेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।