काठमाडौं- नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले १५औं महाधिवेशन तोकिएकै समयमा हुनेमा आशंका सिर्जना भएको बताएका छन्। महानगर समितिका सभापतिहरुसँग काठमाडौंमा भेटघाट र छलफल गर्दै पार्टी नेतृत्व र पदाधिकारीहरुको कार्यशैली हेर्दा त्यस्तो देखिएको बताएका हुन्।
नेपाली कांग्रेसका कार्यकर्तासँग भेटघाट र छलफलका क्रममा नेता कोइरालाले तोकिएको समयमा महाधिवेशन नभए पार्टी धराशायी हुने र त्यसको असर आगामी निर्वाचनहरुमा पर्ने भएकाले त्यसका लागि चनाखो हुन आग्रह गरे।
महानगरका सभापतिहरुले आफूहरुको पार्टी मर्यादाक्रम नमिलेको र विधानले कुनै अधिकार नदिएको गुनासो राखेका थिए।
भेटघाटमा महानगर सभापतिहरु निलकाजी शाक्य- काठमाडौँ, सुवानन्द धाख्वा - ललितपुर, चित्रसेन अधिकारी - भरतपुर, दिपक चापागाईं - विराटनगर र मनिन्द्र नेपाली - वीरगञ्ज सहभागी थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।