काठमाडौं- वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले बाराको निजगढमा प्रस्तावित दोश्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणबारे नकारात्मक बहस गर्न नहुने बताएका छन्। मुलुकको आवश्यकताले विमानस्थल निर्माणको प्रक्रिया अघि बढेको चर्चा गर्दै मन्त्री बस्नेतले नकारात्मक बहस नगर्न आग्रह गरेका हुन्।
_x000D_
_x000D_
मुलुकको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमताले नधान्ने भएकाले विकल्पका रुपमा निजगढ विमानस्थल निर्माण गर्न लागिएको उनको भनाइ थियो। विमानस्थल निर्माणबारे केहीले सकारात्मक चिन्ता जाहेर गरेको, केहीले स्थानीय स्वार्थ र केहीले राजनीतिक स्वार्थका आधारमा बहस चलाएको भन्दै उनले सकारात्मक चासोको सम्मान गर्दै सरकारले विमानस्थल निर्माण गरेरै छाड्ने अठोट व्यक्त गरे।
_x000D_
_x000D_
कम वातावरणीय क्षतिमा विमानस्थल बनाउनुपर्ने विषयमा आफूहरु सचेत र स्पष्ट रहेको मन्त्री बस्नेतले बताए। ‘विमानस्थल बन्नुपर्छ। त्यो न्यूनतम क्षतिमा हुनुपर्छ’, राष्ट्रिय संरक्षण दिवसका अवसरमा ललितपुरको खुमलटारस्थित राष्ट्रिय प्रकृति संरक्षण कोषमा आइतबार आयोजित कार्यक्रममा मन्त्री बस्नेतले भने, ‘कमभन्दा कम क्षतिमा विमानस्थल बन्नुपर्छ भन्नेमा वन तथा वातावरण मन्त्रालय र सरकारको स्पष्ट दृष्टिकोण छ।’
_x000D_
_x000D_
विमानस्थल निर्माणबारे मन्त्रालय र पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबीच छलफल चलिरहेको जानकारी दिँदै उनले दुई मन्त्रालयबीच कुनै विमति नरहेको स्पष्ट गर्नुभयो। ‘एउटा मन्त्रालयको एउटा र अर्को मन्त्रालयको अर्को धारणा छैन’, उनले भने, ‘हाम्रो समान धारणा छ, विमानस्थल बन्नुपर्छ।’
_x000D_
_x000D_
विमानस्थल निर्माण प्रभावित पार्ने नियतका साथ तर्क गर्नेलाई सरकारले सम्बोधन गर्न नसक्ने उनले बताए। तर, सकारात्मक चासो, चिन्ता र जिम्मेवारी बोधसहित जैविक विविधताको संरक्षणबारे उठाइएका सवालको भने सरकारले उचित सम्मान तथा सम्बोधन गर्ने मन्त्री बस्नेतको भनाइ छ।
_x000D_
_x000D_
फरक प्रसंगमा उनले वन तथा वातावरण संरक्षणको महत्वबारे जनस्तरमा बुझाउन सकियो त्यति नै वातावरणीय परिवर्तनका दुष्प्रभाव सामना गर्न सकिने धारणा व्यक्त गरे।
_x000D_
_x000D_
२०६३ साल असोज ७ गते ताप्लेजुङको धुन्सामा हेलिकोप्टर दुर्घटना परी तत्कालीन वन तथा भू–संरक्षणमन्त्री गोपाल राईसहित २४ संरक्षणकर्मीको निधन भएको दिनको सम्झनामा वन तथा वातावरण मन्त्रालयले हरेक वर्ष ७ असोजलाई राष्ट्रिय संरक्षण दिवसका रुपमा मनाउने गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।