काठमाडौँ- सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख राजनीतिक सल्लाहकारमा विष्णु रिमाल र आर्थिक सल्लाहकारमा पूर्व अर्थमन्त्री डा युवराज खतिवडालाई नियुक्त गर्ने निर्णय गरेको छ।
सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो।
खतिवडा पूर्व गभर्नर हुँदै अर्थमन्त्री बनिसकेका छन् भने रिमाल यसअघि पनि ओलीको राजनीतिक सल्लाहकारका रुपमा रहेका थिए।
यसैबीच प्रधानमन्त्री ओलीको प्रमुख स्वकीय सचिवमा राजेश बज्राचार्य नियुक्त भएका छन्। प्रधानमन्त्री ओलीले बज्राचार्य बिहीबार प्रमुख स्वकीय सचिवमा नियुक्त गरेका हुन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।