काठमाडौं– ऋणको अभावमा व्यवसाय गर्न नपाएका र बेरोजगार युवाहरूले अब सस्तो ब्याजदरमा सरकारबाटै कर्जा सुविधा पाउने भएका छन्।
_x000D_
_x000D_
सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५ स्वीकृत भएसँगै अब व्यवसायिक कृषि गर्न चाहनेदेखि भूकम्पपीडितसम्मले ७ प्रकारका ऋण पाउने भएका छन्।
_x000D_
_x000D_
उक्त कार्यविधि अनुसार अब लाभग्राहीले न्यूनतम ३ लाखदेखि अधिकतम ५ करोड रुपैयाँसम्म सहुलियतपूर्ण कर्जा सुविधा पाउनेछन्।
_x000D_
_x000D_
यसअघि प्रदान गरिँदै आएको व्यवसायिक कृषि तथा पशुपंक्षी कर्जामा प्रदान गरिने ब्याज अनुदानसम्बन्धी कार्यविधि, २०७३ र भूकम्पपीडितको घर निर्माणका लागि सामूहिक वा धितो जमानीमा निब्यार्जी ऋण उपलब्ध गराउने कार्यविधि, २०७४ खारेज गरी सरकारले नयाँ कार्यविधि जारी गरेको हो।
_x000D_
_x000D_
उक्त कार्यविधि अनुसार अब व्यवसायिक कृषि तथा पशुपंक्षी पालन गर्न चाहनेले ५ करोड रुपैयाँसम्मको कर्जा सुविधा पाउनेछन्। त्यस्तै, उद्योग सञ्चालन गर्न चाहने महिलाले उद्यमशील कर्जा अन्तर्गत १५ लाख, युवा परियोजना शिर्षकअन्तर्गत विदेशबाट फर्केका युवाले १० लाख र दलित समुदाय व्यवसाय विकास कर्जा अन्तर्गत दलितले १० लाख रुपैयाँ कर्जा पाउनेछन्।
_x000D_
_x000D_
स्वरोजगार बन्न शिक्षित युवाले शैक्षिक प्रमाणपत्र धिताेमा राखेर शिक्षित युवा स्वरोजगार शिर्षकमा ७ लाख रुपैयाँ कर्जा पाउने व्यवस्था कार्यविधिमा छ।
_x000D_
_x000D_
त्यस्तैगरी, ५ लाख रुपैयाँमा उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जा र भूकम्पपीडितले आफ्नो घर निर्माणका लागि ३ लाख रुपैयाँसम्म ऋण पाउने व्यवस्थाको सुनिश्चितता पनि कार्यविधिले गरेको छ।
_x000D_
_x000D_
न्यूनतम ब्याजदरमा यस्तो कर्जा उपलब्ध गराउने कार्यविधिमा उल्लेख छ। ‘नेपाल सरकारले ब्याज अनुदान उपलब्ध गराउने कर्जामा सम्बन्धित बैंक तथा वित्तीय संस्थाले आफ्नो आधार दरमा २ प्रतिशत विन्दूभन्दा बढी नहुनेगरी ब्याजदर कायम गर्नुपर्नेछ,’ कार्यविधिमा उल्लेख छ। यसरी प्रदान गर्ने कर्जामा ब्याजबाहेक अन्य कुनै पनि प्रकारको थप सेवा शूल्क लिन नपाइने व्यवस्था निर्देशिकामा छ।
_x000D_
_x000D_
कार्यविधिले व्यवस्था गरेको यस्तो कर्जा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ वर्गका बैंक तथा वित्तीय संस्थाबाट प्राप्त गर्न सकिने उल्लेख छ।
_x000D_
_x000D_
ब्याज अनुदानमा पाइने यस्तो कर्जाको भुक्तानी अवधि बढीमा पाँच वर्ष हुने कार्यविधिमा स्पष्ट गरिएको छ। कर्जाको शिर्षक अनुसार एकल जमानीदेखि प्रमाणपत्र धितोमा राखेर यस्तो कर्जा पाइनेछ। कार्यविधिमा निर्धारित अवधिमा कर्जा चुक्ता नगरेमा कारबाहीको व्यवस्थासमेत गरिएको छ।
_x000D_
_x000D_
व्यवसायिक कृषि कर्जाअन्तर्गत १९ वटा व्यवसाय गर्नेलाई लाभग्राही मानिएको छ। त्यस्तै, शिक्षित युवा स्वरोजगार कर्जा, वैदेशिक रोजगारीबाट फर्केका युवा परियोजना कर्जा र महिला उद्यमशिलता कर्जा कृषि, उद्योग, सेवा र अन्य व्यवसाय गर्नेले पाउनेछन्।
_x000D_
_x000D_
विभिन्न ९ खालका काम गर्ने दलितले दलित समुदाय व्यवसाय विकास कर्जा पाउनेछन् भने विभिन्न ६ खालका योग्यता भएका युवाले उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जा पाउनेछन्।
_x000D_
_x000D_
यस्ताे छ ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि:
_x000D_
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।