काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको अग्रसरतामा समाजवादी मोर्चाको बैठक बसेको छ।
प्रचण्ड प्रधानमन्त्री भएकै बेला उपेन्द्र यादव नेतृत्वको जसपा विभाजन भएपछि मोर्चा निष्क्रिय भएको थियो। यादवले प्रचण्डमाथि आफ्नो पार्टी विभाजन गराएको आरोप लगाएका थिए।
मोर्चा बैठकमा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेकपा विप्लव र महेन्द्र यादव नेतृत्वको नेसपाका नेताहरु सहभागी छन्।
यसअघि मोर्चाको दोस्रो ठूलो घटक रहेको जसपाका अध्यक्ष उपेन्द्र यादव भने बैठकमा गएका छैनन्। बैठक नेकपा एसको केन्द्रीय कार्यालयमा बसिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।