काठमाडौं– परराष्ट्रमन्त्री आरजु राणा देउवा र भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ।
मन्त्री देउवासँग शिष्टाचार भेटघाटका लागि श्रीवास्तव मंगलबार परराष्ट्र मन्त्रालय पुगेका हुन्।
उनीहरूबीच विभिन्न विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ। नेपाल-भारतबीच सम्बन्ध र सहकार्यबारे पनि छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
मन्त्रीमा देउवा नियुक्त भएपछि भारतीय समकक्षी एस जयशंकरले पनि ट्विटमार्फत बधाई तथा शुभकामना दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।