काठमाडौँ- प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक सोमबार बस्दैछ। राष्ट्रिय सभाको बैठक दिउँसो सवा ३ बजे बस्नेछ भने ४ बजे प्रतिनिधि सभाको बैठक बस्नेछ।
मन्त्रिपरिषद् बिस्तारसँगै नयाँ सम्भावित कार्यसूचिका लागि सभामुख र राजनीतिक दलका प्रमुख सचेतकबीच छलफल हुनेछ। सोही अनुसार आजको बैठकका लागि कार्यसूचि तय गरिने संसद् सचिवालयले जनाएको छ।
सरकार परिवर्तनको असरस्वरुप यसअघि लगातार दुई पटक बैठकको मिति परिवर्तन गरेर नयाँ तय गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।