काठमाडौँ- एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त गरिएको पत्र एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले बुझेका छन्। ओलीको तर्फबाट बर्तौलाले राष्ट्रपति भवनमा गएर नियुक्तिको पत्र बुझेका हुन्।
आइतबार साँझ राष्ट्रपति राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा नियुक्त गरेका थिए। प्रधानमन्त्रीसहित मन्त्रीहरुको शपथ ग्रहण सोमबार तय भएको छ।
नेकपा एमालेसँग मिलेर सरकार गठन गर्ने सहमतिपछि कांग्रेस सभापति शेरबहादुर देउवा पार्टीबाट सरकारमा पठाउने मन्त्री छान्ने विषयमा आन्तरिक छलफलमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।