काठमाडौं– प्रतिनिधिसभाको सोमबार दिउँसो १ बजेका लागि निर्धारित बैठक सोही दिन अपराह्न ४ बजेका लागि सरेको छ।
सोमबार दिउँसो १ बजेका लागि तय भएको बैठक विशेष कारणले सो समयमा बस्न नसक्ने भएकाले अपराह्न ४ बजे बस्नेगरी निर्धारण गरिएको सङ्घीय संसद् सचिवालयले आज सूचनामार्फत जानकारी गराएको छ।
यसैगरी, राष्ट्रियसभाको सोमबार बिहान ११:३० बजेका लागि निर्धारण गरिएको बैठक सोही दिन अपराह्न ३:१५ बजे बस्नेगरी समय परिवर्तन गरिएको सङ्घीय सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयद्वारा जारी सूचनामा जनाइएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।