काठमाडौं– नेपाली कांग्रेसको शेखर कोइराला र गगन थापा पक्षका नेताहरुले छलफल गरेका छन्।
कोइरालाको सचिवालयमा आइतबार बिहान पछिल्लो राजनीतिक अवस्था र आफ्नो समूहबाट सरकारमा पठाउने मन्त्रीका बारेमा छलफल भएको कोइरालाको सचिवालयले जनाएको छ।
कोइइरालाको सचिवालय विशालनगरमा भएको छलफलमा उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, सहमहामन्त्री बद्री पाण्डे, जीवन परियार, नेताहरु अर्जुननरसिंह केसी, बलबहादुर केसी, दिलेन्द्र बडू, डा मिनेन्द्र रिजाल र डा चन्द्र भण्डारी सहभागी थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।