काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा दाबी गर्दै एमाले-कांग्रेसका नेताहरु राष्ट्रपति भवन शीतल निवास पुगेका छन्। एमाले अध्यक्ष ओलीलाई आजै प्रधानमन्त्रीमा नियुक्त गर्ने तयारी गरिएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा विश्वासको मत गुमाएपछि आजै राष्ट्रपतिले नयाँ सरकार गठन गर्न आह्वान गरेका थिए।
राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा २ अनुसार आइतबारसम्मको समय दिएर दाबी पेस गर्न भनेका थिए ।
कांग्रेसका सांसदको हस्ताक्षरसहित एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीमा दाबी गर्ने तयारी गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।