काठमाडौँ- अर्को मन्त्रिपरिषद् गठन नभएसम्म अहिलेकै सरकारले काम गर्ने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाबाट विश्वासको मत नपाएपछि राष्ट्रपति रामचन्द्र पौडेलले अर्को मन्त्रिपरिषद् गठन नभएसम्म यही सरकारले काम गर्ने गरी जिम्मेवारी तोकेका हुन्।
प्रधानमन्त्री प्रचण्डले शुक्रबार प्रतिनिधि सभाबाट विश्वासको मत नपाएको सभामुख देवराज घिमिरेले राष्ट्रपति पौडेललाई जानकारी गराएका थिए।
राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले विज्ञप्ति जारी गर्दै संविधानको धारा ७७ को उपधारा ३ बमोजिम अर्को मन्त्रिपरिषद् गठन नभएसम्म यही सरकारले कार्य सञ्चालन गर्ने गरी जिम्मेवारी तोकिएको उल्लेख गरेकी छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।