काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता तथा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई जातजाति भड्काएर राजनीति नगर्न सुझाव दिएका छन्।
संसदमा प्रधानमन्त्रीले दलित र जनजातिलाई आफूहरूले दिलाएको अधिकार खोस्ने षड्यन्त्र भइरहेको टिप्पणी गरेको प्रति शाहीले कडा जवाफ फर्काए।
प्रधानमन्त्रीले दलितको कुरा गरिरहँदा आफ्नो मन्त्रिपरिषदलाई फर्केर हेर्न उनले सुझाव दिए। प्रधानमन्त्रीको पार्टीमा दलित/जनजाति अध्यक्ष कहिले हुन्छन् भन्ने प्रश्न पनि गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।