काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू सरकारमा आउँनुअघि देशको अर्थतन्त्र धरासायी अवस्थामा रहेको बताए। यस्तै उनले आफू सरकारमा सहभागी भएपछि विभिन्न नीतिगत सुधार गरी अर्थतन्त्रलाई सकारात्मक लयमा ल्याएको दाबी गरे।
‘मैले सरकारको नेतृत्व लिनेबेला देशको अर्थतन्त्रको अवस्था के थियो भन्ने सबै माननीय सदस्यहरुलाई राम्रो सँग जानकारी छ। आर्थिक संकटले निम्त्याएको चरम निराशा ७.३८ प्रतिशतको मुद्रास्फीति, न्यून विदेशी मुद्राको सञ्चितीले चापमा परेको बाह्य क्षेत्रको सन्तुलन घट्दो राजस्व अत्यधिक मात्रामा बढ्दो सार्वजनिक ऋणले समेत आर्थिक धरासायी हुने डरलाग्दो भाष्य मैले उत्तराधिकारको रुपमा पाएको थिएँ। समष्टीगत आर्थिक परिसूचकहरु निराशाजनक थिए,’ उनले भने।
अर्थतन्त्रका विभिन्न क्षेत्रमा दवाव वित्तीय तथा मौद्रिक नीतिको सामाजस्यता पूर्ण कार्यान्वायन र नीजि क्षेत्रसँग गरिएको निरन्तर संवादको प्यासले परिणाम दिन सुरु गरेको बताए।
‘अर्थतन्त्रमा देखा परेको तरलता संकुचन, उच्च ब्याजदर विदेशी मुद्रा सञ्चितीमा परेको चाप पुँजी बजारमा आएको गिरावट र मौद्रिक तथा वित्तीय क्षेत्र लगायतमा रहेका समस्यालाई नीतिगत तथा कार्यन्वयन तहबाट उचित सम्बोधन गरिएकाले नै समष्टिगत आर्थिक परिसूचकहरु क्रमश सकरात्मक हुँदै गए,’ उनले भने, ‘ तथ्यांकनबाटै हेर्ने हो भने गत वर्ष आर्थिक वृद्धिदर १.९५ रहेको थियो भने यो वर्ष दोब्बर ३.८७ प्रतिशत पुगेको छ। र आगामी आर्थिक वर्ष ६ प्रतिशत पुर्याउने लक्ष्य छ। यो लक्ष्य केवल प्रचारको लागि गरिएको होइन। अनतराष्ट्रिय निकाय र नेपालका अर्थशास्त्रीले वास्तविक मानेको प्रणाली हो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।