काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशमा सुशासन कायम हुन थाल्यो भन्ने डरले कांग्रेस र एमालेलाई जोडेको बताएका छन्।
प्रतिनिधिसभाको बैठकमा विश्वासको मत माग्दै कांग्रेस र एमालेको सहमतिलाई जनताले अनुमोदन गरेको छ कि छैन? भन्ने प्रश्न गरे।
उनले कांग्रेस र एमाले मिलेर वर्तमान संविधानमाथि पनि रहस्यमय ढंगले छेडछाड गर्न खोजेको आरोप लगाए।
उनले भने, ‘कांग्रेस एमालेका सीमित नेताहरूको दाबी होला, हामी आफैं मिलेका हौं। त्यो सत्य होइन, तपाईंहरूलाई कसैले मिलाएको हो। किन मिलाएको हो? घाम जत्तिकै छर्लङ्ग छ। कांग्रेस एमाले मिलेर सरकार बनाएको भन्न लाज लागेर राष्ट्रिय सहमतिको सरकारको बर्को ओडेको आरोप लगाए।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।