काठमाडौं– नेकपा माओवादीका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देश ठूलो बाढी र पहिरोको वितण्डबाट पीडित भइरहेका बेला नेपाली राजनीति विश्वास मत लिने वा नलिने र सरकार परिवर्तनको खेलमा अल्मलिएको बताएका छन्।
शुक्रबार प्रतिनिधि सभामा विश्वासको मत माग्ने क्रममा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन्। उनले आजै बिहान चितवनको मुग्लिङ नारायणगढ सडकखण्डमा ठूलो पहिरोमा परी बस पुरिएको जानकारी दिँदै यस्तो बेला सबै दल एकढिक्का भएर लाग्नुपर्ने बताए।
उनले बाढी पहिरोको चपेटामा पूरै देश परेका बेला सबै दल एक ढिक्का हुनुपर्ने बेलामा देश सरकार परिवर्तनमा अल्मिलएको भन्दै असन्तुष्टि व्यक्त गरे। उनले आफूले आजको परिस्थितिमा विश्वासको मत नलिने कि भन्ने विचार गरे पनि कांग्रेस र एमालेलाई नयाँ सरकार बनाउन हतार भएकाले पनि सदनमा उभिएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।