काठमाडौँ-प्रधानमन्त्री पुष्पकमल दाहालले आज प्रतिनिधिसभा बैठकबाट विश्वासको मत लिँदैछन् । नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि उनले नेपालको संविधानको धारा १०० को उपधारा (२) अनुसार विश्वासको मत लिन लागेका हुन् ।
२०७९ पुस १० गते पहिलो पटक नेकपा एमालेको समर्थनमा प्रधानमन्त्री भएका दाहालले पाँचौपटक विश्वासको मत लिन लागेका हुन् ।
नेपाली कांग्रेस र एमालेले यही असार १७ गते राति नयाँ सत्ता समीकरणका लागि सहमति गरेका थिए । त्यसलगत्तै एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।
प्रधानमन्त्रीले विश्वासको मत लिन लागे पनि उनको प्रस्ताव भने पारित हुने देखिँदैन । दाहालका पक्षमा माओवादी केन्द्र सहित राष्ट्रिय स्वतन्त्र पार्टी र एकीकृत समाजवादी मात्र देखिएका छन् । यी तीन दलको ६३ सिट छ । विपक्षमा कांग्रेस, एमाले, राप्रपासहितका अन्य साना दल उभिएका छन्।
यसअघि दाहालले २०७९ पुस २६, २०७९ साल चैत ६, २०८० साल फागुन ३० र २०८१ साल जेठ ७ गते विश्वासको मत लिएका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।