काठमाडौं– जनता समाजवादी पार्टी नेपालबाट विभाजन भइ जनता समाजवादी पार्टी बनेको अशोक राई नेतृत्वको पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विपक्षमा मतदान गर्ने भएको छ।
बिहीबार बसेको पार्टीको संसदीय दलको बैठकले भोलि हुने विश्वासको मतदानमा विपक्षमा मतदान गर्ने निर्णय गरेको हो।
साथै नेकपा एमाले–कांग्रेस लगायतका दलको सहमतिमा बन्ने नयाँ राष्ट्रिय सहमितिको सरकार निर्माणमा सहयोग र सहकार्य गर्ने निर्णय गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।