काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संसदीय दलको बैठक आह्वान गरेको छ।
बिहीबार दिउँसो २ बजे बस्ने गरी दलको बैठक बोलाइएको संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले जानकारी दिए।
प्रधानमन्त्रीलाई विश्वासको मत दिने वा नदिने लगायत विषयबारे बैठकमा छलफल हुने बताइएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी २८ गते शुक्रबार विश्वासको मत लिँदैछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।