काठमाडौं– सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले २०५९ सालमा ज्ञानेन्द्र शाहलाई र २०६९ सालमा खिलराज रेग्मीलाई सरकार बुझाएको घटना फेरि नदोहोर्याउन प्रतिपक्षी दलहरू नेपाली कांग्रेस र नेकपा (एमाले) सँग अनुरोध गरेका छन्।
सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद झाले कांग्रेस र एमालेले गर्न लागेको सहकर्मबाट ०५९ र ०६९ को घटना दोहोरिन नदिन दलहरूलाई आग्रह गरेका हुन्।
'२०५९ मा गएर ज्ञानेन्द्रलाई बुझाउनुभयो संविधान सदन र सरकार त्यसरी नबुझाइदिनुस्। २०६९ मा चैत्र १ गते खिलराज रेग्मीलाई आफ्नो अकर्मण्यताको प्रमाणसहित जुन बुझाएर जानुभयो। पार लगाइदिनुस् भनेर । कृपया यो सहकर्मले फेरि एकपटक त्यस्तो अनुरोध नगरिदिनुहोला,' उनले भने।
दुई दलको सहकार्यले नभए रास्वपा नेतृत्व गर्न तयार भएको पनि उनले बताए।
'तपाईंहरू सक्नुहुन्न भने हामी पालो कुरेर बसेका छौं । बेचैन बनाउने बेचनको सहकार्यविना यो देशलाई पार लगाउन तयार भएर बसेका छौ,' उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।