मकवानपुर– बागमती प्रदेश सरकारबाट नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाहिरिएको छ। उक्त पार्टीबाट मन्त्रिपरिषद्मा सहभागी सबै पाँचजनाले मुख्यमन्त्री शालिकराम जम्कट्टेलसमक्ष राजीनामा पेस गरेका छन्।
एमालेका आर्थिक मामिला तथा योजनामन्त्री जन्नाथ थपलिया, वन तथा वातावरणमन्त्री केशवप्रसाद पोख्रेल, खानेपानी ऊर्जा सिँचाइमन्त्री एकालाल श्रेष्ठ, स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठ र उद्योग, वाणिज्य तथा भूमि प्रशासनमन्त्री प्रकाश श्रेष्ठले राजीनामा दिएका हुन्।
केन्द्रमा नेपाली कांग्रेस र एमालले राष्ट्रिय सहमतिको सरकार गठनका निम्ति सहमति गरेसँगै त्यसको प्रभाव प्रदेश सरकारमा परेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।