काठमाडौँ- नेपाली कांग्रेस र नेकपा एमालेले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई राजीनामा दिन आग्रह गरेका छन्।
आइतबार कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह र एमाले संसदीय दलका नेता राजेन्द्र सिंह रावलले संयुक्त विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री सोडारीले सरकार सञ्चालन गर्ने नैतिक आधार गुमाइसकेकाले राजीनामा दिन आग्रह गरेका हुन्।
एमालेले सुदूरपश्चिम सरकारबाट बिहीबार समर्थन फिर्ता लिएर मन्त्रिपरिषद्बाट बाहिरिएको थियो।
कांग्रेस–एमालेले सरकारले बहुमत गुमाइसकेकाले दैनिक कामकाज बाहेक अन्य कुनै पनि कार्यहरू सम्पादन नगर्न र नगराउन मुख्यमन्त्री सोडरीलाई आग्रह गरेका छन्।
कांग्रेस र एमाले केन्द्रको सहमति अनुसार सुदूरपश्चिममा पनि दुई दलले नयाँ सरकार बनाउनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।