काठमाडौं- नेकपा एमाले संसदीय दलको बैठक बस्दैछ। एमाले शिर्ष नेतृत्वले नेपाली कांग्रेससँग सत्ता साझेदारी गर्ने सहमतिपछि बैठक बस्न लागेको हो।
बैठकमा पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल हुन प्रमुख सचेतक महेश बर्तौलाले बताएका छन्। बैठक बिहान १० बजे संघीय संसद् भवनको ल्होत्से हलमा बोलाइएको छ।
बैठकमा पार्टी अध्यक्ष तथा दलका नेता केपी शर्मा ओलीले पछिल्लो समय उत्पन्न राजनीतिक परिस्थिति र नयाँ रणनीतिबारे जाननकारी दिनेछन्। केही दिनअघि मात्रै नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता साझेदारी गर्ने सहमति भएको थियो।
एमालेका साथै अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको विश्वासको मत फिर्ता लिइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।