काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेसँगको विद्रोहको औचित्य पुष्टि भएन भन्नेहरुको प्रतिवाद गर्न नेता कार्यकर्ताहरुलाई निर्देशन दिएका छन्।
पार्टी निकट प्रवासी नेपाली एकता मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले एमालेमै बसेको भए आफूहरुको बिजोग हुने बताए।
‘विद्रोह गर्नु जायज थियो। विद्रोह नगरेको भए नेपालको कम्युनिष्ट आन्दोलनको रक्षाको निम्ति दृढतापूर्वक उभिने योद्धाहरु हराएर जाने थिए। दास भएर बस्नुपर्थ्यो। समर्पण गरेर बस्नुपर्थ्यो। हामी सबैको भविष्य खत्तम भइसकेको हुने थियो। हामीले देखेका छौं, कतिपय नेताहरुको के भएको छ बिजोग। त्यही बिजोग हाम्रो पनि हुने थियो। त्यस्ता चुनौतीको सामना गरेर अघि बढने आँट गर्यौं,’ उनले भने।
एमालेसँगको विद्रोह पुष्टि भएन भन्नेहरुको कुरा नसुन्न पनि उनले नेता कार्यकर्तालाई आग्रह गरे।
‘अहिले एउटा कुरा म सुन्ने गर्छु–यो तीन वटा शब्द तपाईंहरु कसैले नसुन्नुस्। कान बन्द गरिदिए हुन्छ। पहिलो कुरा, विद्रोहको औचित्य पुष्टि भएन। यो वाहियात कुरा सन्दै नसुन्नुस्। तुरुन्त खण्डन गर्नुस्। प्रत्येक घटनाक्रमले हाम्रो विद्रोहको औचित्य पुष्टि भएको छ। अहिले पनि भइराखेको छ। दिनदिनै भइराखेको छ, अध्यक्ष नेपालले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।