काठमाडौं - विश्व क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियनसिपको छैटौं चरणको खेल खेल्न हङकङ पुगेको नेपालले बिहीबार अन्तिम प्रशिक्षण गरेको छ।
टिन कङ रिक्रिएन मैदानमा अभ्यास गरेको नेपालले यही मैदानमा शुक्रबार र आइतबार हङकङसँग प्रतिस्पर्धा गर्दै छ । शुक्रबारको खेल नेपाली समय अनुसार बिहान ७ बजेदेखि हुनेछ।
डब्लुसिएलको पाँचौं चरणको समाप्तिमा नेपाल ८ अंक जोडेर छैटौं स्थानमा छ । नेपाललाई शीर्ष चारमा रहेर एकदिवसीय विश्वकपमा छनोट हुन हङकङसँगका दुवै खेल जित्नैपर्ने दबाव छ।
हेरौं अन्तिम अभ्यास खेलका तस्बिरहरु:
तस्बिरहरु : रमन शिवाकोटी/क्यान
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।