• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

राष्ट्रकविको शताब्दी जन्मोत्सव : सात दशकअघि नै रोपिएको थियो महाकाव्यको बीज

64x64
नेपाल लाइभ आइतबार, असोज ७, २०७५  ०१:०४
1140x725

काठमाडौं– सामाजिक सञ्जाल ट्विटर र फेसबुकमा राष्ट्रकवि घिमिरेको निधनको सूचना प्रवाह गर्दै श्रद्धाञ्जली व्यक्त भइरहेको थियो। कतिपय अनलाइनले त पुष्टि नगरीकनै समाचार दिन भ्याइसकेका रहेछन्। कवि घिमिरे भने बेलुकीको खाना खाईवरी आराम गरिरहेका थिए।

_x000D_ _x000D_

यो खबर कपुरधारास्थित कवि-निवासमा पनि पुग्यो। कविपत्नी महाकाली भोलिपल्ट मुसुमुसु हाँस्दै घिमिरेसामु आइन् र भनिन्, 'ज्यादै अनौठो खबर पो सुनिँदैछ त।'

_x000D_ _x000D_

'हँहँ...,' बाक्ला आँखीभौं तन्काउँदै कविले चासो राखे। उनले भनिन्, 'हजुरको मृत्यु भयो भनेर बाहिर खबर फैलिसकेछ।'

_x000D_ _x000D_

कवि झसंग त भए तर पुन: आफ्नै स्वभावमा फर्किए। तलाउमा चप्ल्याङ्ग ढुंगा हानेपछि तरंग उठेर केहीबेरमै शान्त भएझैं। 

_x000D_ _x000D_

यो थियो २०७४ जेठ १४ गते रातिको घटना।

_x000D_ _x000D_

कतिपयले त यसरी अफवाह फैलाउनेको खोजी गरी कारबाही गर्नुपर्छ भनेर पनि सल्लाह दिएछन्। तर, कवि घिमिरे त्यतातिर लागेनन्।

_x000D_ _x000D_

'आयु बढाए। ठिकै भो भन्ने लाग्यो। मरेपछि पनि नेपालीले कसरी सम्झन्छन् र के प्रतिक्रिया दिन्छन् भन्ने त थाहा भयो नि,' बिहीबार बिहान आफ्नै निवासमा कवि परिचित हाँसोमा सुनाइरहेका थिए, 'त्यसपछि त मैले पुनर्जन्म पो पाएँ। देवकोटा, भानुभक्तले यस्तो मौकै पाएनन्... अचम्म होइन त, बाँच्दाबाँच्दै जीवनमुक्त भएँ म।' 

_x000D_ _x000D_

OOO

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

शारीरिक अस्वस्थताका कारण पाँच महिना नराम्री थला परे कवि घिमिरे। जब ठिकठाक अवस्थामा फर्किए। कुराकानी, लेखन-पठनको व्यस्तता उसरी नै जोडिएको छ।

_x000D_ _x000D_

शताब्दी जन्मोत्सवको अवसरमा नेपाल लाइभ टिम घिमिरे निवास पुगेको थियो (उनी आज असोज ७ बाट एक सय वर्ष प्रवेश गरेका छन्) । उनलाई हामीले पहिलो प्रश्न गर्‍यौं, 'एक शताब्दी आयु बाँच्दै गर्दा जीवन के रहेछ भन्ने लाग्छ?'

_x000D_ _x000D_

'माछालाई समुद्र के जस्तो लाग्छ?' उनले उल्टै प्रश्न गरे विम्बमा। र, एकछिन अडिएर थपे, 'जीवन प्रारम्भ गरेको थाहा नभए पनि केटाकेटीमा हाँसेको, खेलेको अनि उफ्रेको । परदेश लागेको। संघर्ष गरेको सबै चिज थाहा छ। तर एउटा चिज निरन्तर चलेको छ– त्यो हो सिर्जना। अर्थात् कविता।

_x000D_ _x000D_

Xtrem

Xtrem
_x000D_ _x000D_
_x000D_

त्यसबेला बालकृष्ण समले भनेका थिए रे, ‘एउटा कछुवा जस्तो आफ्नै गतिमा निरन्तर हिँडिरहने, अर्को गरुडजस्तो उडेको उड्यै।’

_x000D_
_x000D_ _x000D_

सात दशकअघि नै रोपिएको थियो महाकाव्यको बीज
_x000D_ २००२ सालमा नेपाली भाषानुवाद परिषद्‌का जागिरे थिए घिमिरे। मौलिक महाकाव्य लेखनसम्बन्धी प्रोजेक्ट सुरु भयो। जुन तीन महिनामा सक्नुपर्थ्यो। उनले सुरु गरे महाकाव्य लेख्न, जसको नाम थियो 'गोविन्द'। महाकवि लक्ष्मीप्रसाद देवकोकोटा सुइँको पाएछन्। उनले घिमिरेसामु भनेछन्, 'कविज्यु, म पनि प्रयास गरिहेर्छु।'

_x000D_ _x000D_

बिजुली वेगझैं कलम दौडाउने देवकोटाले तीन महिनामै शाकुन्तल महाकाव्य लिएर देखापरे। तीव्र कल्पनाशक्ति र बेजोड शब्द सामर्थ्य भएका देवकोटाले यति चाँडै महाकाव्य लेख्दा घिमिरे चकित परे। 

_x000D_ _x000D_

त्यसबेला बालकृष्ण समले भनेका थिए रे, ‘एउटा कछुवा जस्तो आफ्नै गतिमा निरन्तर हिँडिरहने, अर्को गरुडजस्तो उडेको उड्यै।’ 

_x000D_ _x000D_

गोविन्दको पहिलो सर्ग त परिषद्‌ले त्यहीबेला प्रकाशन गरेको थियो। त्यसपछि यत्तिकै थन्कियो। अब घिमिरेको ध्याउन्न छ, जुनकुनै हालतमा महाकाव्य 'ऋतम्भरा' सक्ने। 'दुई सर्ग सक्न बाँकी छ। १४ सर्ग लेख्न १४ वर्षै लाग्ने हो कि,' उनी भन्छन्, '१२ सर्ग पूर्ण गरिसकेँ। त्यसमा केही बदल्नै पर्दैन।'

_x000D_ _x000D_

त्यसबेला गोविन्द पूरा नहुनुका दुई कारण बताए उनले। 

_x000D_ _x000D_

एक, महाकाव्य लेख्न अध्ययन, ज्ञान र अनुभव प्राप्त हुनुपर्छ। त्यो भइसकेको थिएन। फुटकरमा सिक्दै जाने हो। महाकाव्य एकैचोटि लेख्न सकिन्न। 

_x000D_ _x000D_

दुई, आसनले निर्धारण गर्छ महाकाव्य लेख्न। एउटै सिटिङमा १०/८ पंक्तिको कविता लेख्न सकिएला तर महाकाव्य लेख्न कम्तीमा पनि १२ वर्ष लाग्छ।

_x000D_ _x000D_

सायद 'गोविन्द' पूरा हुन नपाएको सात दशक लामो महाकाव्य लेखनको हुटहुटी उनमा अझै बाँकी छ। त्यसैले भन्छन्, 'अहिले मेरो जीवनको धोको केही छ भने त्यो लेखनमै हो। त्यो लेखन भनेकै ऋतम्भरा हो। त्यो सिध्याउन पाए मेरो जीवनको सबै इच्छा पूरा हुन्छ।'

_x000D_ _x000D_

_x000D_ _x000D_

देवकोटामा बिजुलीवेग गति थियो लेखनमा। स्वच्छन्द उडानको उनको शैली नै फरक। घिमिरे परे परिस्कारवादी धारका कवि। चट्टानलाई कुँदेर सुन्दर मूर्ति बनाएझैं शब्दलाई कुँदीकुँदी सुकोमल बनाउनु यिनको विशेषता। 'मेरो बानी मलाई चित्त नबुझी बाहिर ल्याउँदिनँ। प्रकाशन गर्दिनँ,' विन्दुमा सिन्धुको खोज गर्ने घिमिरे भन्छन्, 'थालेको काम लटरपटर गर्नुहुन्न। यसले आफ्नो चिन्तन दर्शन बोक्दैन। म चाहिँ सधैं पूर्णता चाहन्छु।'

_x000D_ _x000D_

कविता लेख्दै गर्दा कुनै एकै शब्दले पनि दुईतीन दिन रिंगाउने अनुभव सुनाउँछन् उनी। 'नयाँ कुनै शब्दखोजमा लागे पनि तीन दिनपछि फेरि त्यही मन पर्न थाल्छ कहिलेकाहीँ,' मुस्कुराउँदै उनले भने, 'अलमलिनु पनि सिर्जना हो। त्यसैको चिन्तनमै त नयाँ शब्द निस्कन सक्छ।'

_x000D_ _x000D_

उनलाई त त्यसबेला लेखेको 'गौरी' खण्डकाव्यका केही शब्द पनि फेर्न पाए हुन्थ्यो भन्ने लाग्दो रहेछ अझै। 

_x000D_ _x000D_

ऋतम्भरा चिन्तन
_x000D_ उत्तर कोरिया, अमेरिका, रुस जस्ता शक्तिसम्पन्न राष्ट्र अणुअस्त्रको होडबाजीमा छन्। विश्व बहस यतातिर पनि चलिरहेको छ। घिमिरेसमेत २०६३ सालयता यही बहसमा सामेल छन् महाकाव्य ऋतम्भरामार्फत। 

_x000D_ _x000D_

विश्वका ठूला राष्ट्रले उत्पादन गर्ने अणु ऊर्जाको नकारात्मक प्रयोगप्रतिको चिन्ताले नै ऋतम्भरा जन्मिएको बताउँछन् उनी। विज्ञानको तीव्रतर प्रगतिको कारण सकारात्मक मात्र होइन नकारात्मक प्रभाव बढिरहेको उनको बुझाइ छ। 'अणु यस्तो ऊर्जा हो। मानवजतिले यसलाई सदुपयोग गरे धर्ती स्वर्ग बन्छ। दुरुपयोग गरे मानव सभ्यता धर्तीको जीवन ध्वस्त बनाउन सक्छ,' उनको चिन्ता छ, 'अहिले अमेरिकाको अणुभट्टी ध्वस्त भयो भने त्यसलाई कसैले सम्हाल्न सक्छ र?'

_x000D_ _x000D_
_x000D_

अस्पतालको बेडमै पनि उनले कागजको टुक्रामा ऋतम्भराकै नयाँ श्लोक टिप्न लगाउने गरेको छोरी किरण बताउँछिन्।

_x000D_
_x000D_ _x000D_

विज्ञानको विकास त भयो तर मान्छेहरुमा प्रेम, सद्भाव, संवेदनमा कम हुँदै गएको महसुस गरेका छन् उनले। 'जतिसम्म मान्छेले वहन गर्न सक्छ त्यति गर्न दिनुपर्छ। शरीर पनि यन्त्र हो। तर अर्को यन्त्रले शारीरिक यन्त्र खलबलियो,' भन्छन्, 'टेक्निकल्ली माइन्डेड भए मान्छे। यान्त्रिक बन्दै गएका मानवलाई सचेत नगराए भविष्यमा ठूलो विपत्ति निम्तिन्छ भनेर मैले यसमा सचेत गराउन खोजेको छु।'  

_x000D_ _x000D_

अस्पतालको बेडमा पनि ऋतम्भराकै चिन्ता
_x000D_ केही महिनाअघि आन्द्रामा रक्तश्राव भएपछि उनलाई भारतको मेदान्त अस्पतालसम्म पुर्‍याइयो। त्यसबेला रोगको होइन त्यसभन्दा बढी उनमा महाकाव्य लेखनकै चिन्ता लागेको छोरी डा किरण रेग्मी बताउँछिन्। 

_x000D_ _x000D_

_x000D_ _x000D_

'डाक्टरको जिम्मा लगाएपछि उनीहरुले रोग निको त पारिहाल्छन् भन्ने भयो,' राष्ट्रकवि सुनाउँछन्, 'आफूलाई चाहिँ कतिबेला ठिक हुन्छु र ऋतम्भराको बाँकी श्लोक भ्याऊँला भन्ने मात्रै चिन्ता लागिरह्यो।' 

_x000D_ _x000D_

रोगको पीडा एकातिर। काव्यिक चिन्तन अर्कातिर। अस्पतालको बेडमै पनि उनले कागजको टुक्रामा ऋतम्भराकै नयाँ श्लोक टिप्न लगाउने गरेको छोरी किरण बताउँछिन्।

_x000D_ _x000D_

गद्य कविताले लय गुमायो
_x000D_ भनिन्छ, पश्चिममा महाकाव्यको युग सकियो। जसको प्रभाव पूर्वीय साहित्यमा पर्ने नै भयो। देवकोटाले नै आजभन्दा ७३ वर्षअघि शाकुन्तल लेख्दा महाकाव्यलाई 'आइसल्यान्डको सर्प'सँग दाँजेका थिए।

_x000D_ _x000D_

यतिबेला आख्यानलाई महान् विधाका रुपमा व्याख्या मान्नेहरुको जमात बढिरहेको छ। कवि घिमिरे भने 'राम्रो कुरा'को युग कहिले पनि नसकिने बताउँछन्। 'वाल्मीकि सकिएको छैन। व्यास सकिएको छैन। कालिदास सकिएको छैन,' उनी एकै स्वासमा भन्न खोज्छन्, 'शेक्सपियर, वर्डस्वर्थ र रवीन्द्र बाँचिरहेकै छन्। किनकि तिनीहरुले मानवजाति र प्रगतिको लहर पक्रिए।'

_x000D_ _x000D_
_x000D_

'अन्तर्राष्ट्रिय कोकिल बन्नुपर्ने अन्तर्राष्ट्रिय वकिल पो बन्न थाले,' उनी सुझाउँछन्, 'विज्ञान, तर्क, दर्शन प्राप्त गरे होलान् तर हृदय गुमाउनु हुँदैन। काव्यले हृदय छुने हुनैपर्छ।'

_x000D_
_x000D_ _x000D_

गत असारमा कवि घिमिरेले कान्तिपुरसँगको एक अन्तर्वार्तामा भनेका थिए, 'कवितालाई नष्ट पार्ने उपाय हो, गद्य कविता।' 

_x000D_ _x000D_

उनको यही अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा निकै आलोचना भयो। विभिन्न आक्षेप लगाइयो। तर उनी पद्यभन्दा गद्य जटिल हुने भएकाले त्यसमा अझ सचेत हुनुपर्छ भन्न खोजेको प्रस्ट्याउँछन्। 'गद्य कवितामा पनि लय चाहिन्छ भनेको थिएँ। देवकोटाको 'म पागल हुँ' कवितामा कति मिठो लय छ। रिमालका कविता हेर्नुस्,' उनी भन्छन्, 'लेखेर मात्र कविता हुँदैन चाहे गद्य होस् या पद्य।' आफूले गाली गर्न नभई झस्काउन मात्र त्यसो भन्न खोजेको उनले बताए।

_x000D_ _x000D_

अहिले प्रतिभाशालीहरु कविहरु आए पनि गद्यमा शिल्पको अभाव भएको उनको निष्कर्ष छ। 'अन्तर्राष्ट्रिय कोकिल बन्नुपर्ने अन्तर्राष्ट्रिय वकिल पो बन्न थाले,' उनी सुझाउँछन्, 'विज्ञान, तर्क, दर्शन प्राप्त गरे होलान् तर हृदय गुमाउनु हुँदैन। काव्यले हृदय छुने हुनैपर्छ।'

_x000D_ _x000D_

श्रीमान् नै ठूलो पदवी
_x000D_ करिब एक घन्टासम्म कुरा गरिरहँदा राष्ट्रकवि पत्नी उनकै साथमा थिइन्। वैवाहिक जीवनको सात दशक बिताइसकेकी उनीसँग अनेकौं संस्मरण गाँसिएका छन्। पत्नी गौरीको निधनपछि विचलित घिमिरेलाई साथ दिन आइपुगेकी थिइन्, महाकाली। जो कवि घिमिरेका रचनाको पहिलो पाठक अनि गीतको पहिलो स्रोता बनिन्। 

_x000D_ _x000D_

_x000D_ _x000D_

'कुनै कविता लेख्नुभएपछि पहिले मलाई सुनाउनुहुन्छ,' उनी भन्छिन्, 'त्यसपछि मलाई लागेको प्रतिक्रिया दिने गरेकी छु।'

_x000D_ _x000D_

हँसिमजाक गरिरहने। कहिल्यै झर्केर नबोल्ने। आफन्त, कवि लेखकहरु आए खुसी हुने। श्रीमान्‌का यिनै स्वभावका कारण पनि उनी निकै खुसी छिन्।

_x000D_ _x000D_

आधुनिक नेपाली कवितामा 'लिभिङ हेरिटेज'का रुपमा सक्रिय राष्ट्रकविलाई दिइएका सम्मान, पुरस्कार र अनेकौं पदवीले एउटा कोठा भरिएको छ। तर पत्नी महाकाली भन्छिन्, 'ती सबै अरुले माया गरे दिएको सम्मान हुन्। मेरा लागि त राष्ट्रकविभन्दा ठूलो पदवी नै उहाँ श्रीमान् हुनुमा छ।'

प्रकाशित मिति: आइतबार, असोज ७, २०७५  ०१:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान
अमेरिकाबाट प्रधानमन्त्री बालेनले गरे यस्तो चिन्ता, पूर्व तयारीबारे दिए जानकारी
वर्षाका कारण हुने सम्भावित जोखिम रोक्न सबै संयन्त्र परिचालन, सरकारको तयारी के–के छ?
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान बिहीबार, असोज ८, २०८३
अमेरिकाबाट प्रधानमन्त्री बालेनले गरे यस्तो चिन्ता, पूर्व तयारीबारे दिए जानकारी बिहीबार, असोज ८, २०८३
वर्षाका कारण हुने सम्भावित जोखिम रोक्न सबै संयन्त्र परिचालन, सरकारको तयारी के–के छ? बिहीबार, असोज ८, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
प्रधानमन्त्री शाहले भोलि बिहान ५ बजे संयुक्त राष्ट्रसंघ महासभालाई सम्बोधन गर्दै बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
संयुक्त राष्ट्रसंघमा १० हजार नेपाली सेना पठाउने परराष्ट्र मन्त्रीको प्रतिबद्धता बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्