जनकपुरधाम- मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले शनिबार विश्वासको मत लिने भएका छन्। बिहान ११ बजे बस्ने प्रदेश सभा बैठकमा उनले विश्वासको मत लिने सभामुख रामचन्द्र मण्डलले जानकारी दिए।
जनमत पार्टीका सिंह २५ जेठमा नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादीको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए।
यसअघि जसपा नेपालका मुख्यमन्त्री सरोजकुमार यादव २३ जेठमा प्रदेश सभामा विश्वासको मत गुमाएर पद मुक्त भएपछि २५ जेठमा संविधानको धारा १६८ को उपधारा २ बमोजिम बहुमतसहित जनमतका सिंह मुख्यमन्त्री बनेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।