• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, वैशाख २२, २०८३ Tue, May 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सरकारले तोक्यो धानको मूल्य, यस्ता छन् मन्त्रिपरिषद्का निर्णय

64x64
नेपाल लाइभ शुक्रबार, असार २१, २०८१  १८:३२
1140x725

काठमाडौँ- सरकारले आर्थिक वर्ष २०८१/८२ का धानको मूल्य निर्धारण गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले मोटा धानको प्रतिक्विन्टल ३४१०.५१ र मध्यम धानको प्रतिक्विन्टल ३५८०.६२ रुपैयाँ न्यूनतम समर्थन मूल्य तोकेको हो।

सरकारले नेपाल संस्कृत विश्वविद्यालयको नाममा विभिन्न ठाउँमा रहेको तथा विश्वविद्यालयले प्राप्त गर्नुपर्ने जग्गाको सम्बन्धमा अध्ययन, अनुसन्धान तथा छानबिन एवं भवन लगायत अन्य अचल सम्पत्तिको खोज तथा लगत संकलन, संरक्षण, उपयोग, व्यवस्थापन र आवश्यक अन्य कार्यको लागि अध्ययन गरी ठोस प्रतिवेदन पेस गर्न पूर्वन्यायाधीश शेखरप्रसाद पौडेलको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरेको छ।

त्यस्तै २०८१ असार २४ देखि साउन ३ गतेसम्म संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा आयोजना हुने संयुक्त राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक परिषद्को संयोजनमा दिगो विकाससम्बन्धी उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा २०८१ असार २४ देखि साउन १ सम्मको लागि सहभागी हुन राष्ट्रिय योजना आयोगका सदस्य डा रामकुमार फुयाँललाई स्वीकृति प्रदान गरेको छ। 

त्यस्तै भारतको नयाँ दिल्लीमा हुने १६ औँ एएसओएसएआई एसेम्ब्ली र नवौं एएसओएसएआई स्याम्पोइजम विषयक कार्यक्रममा महालेखापरीक्षक तोयम राया र उपमहालेखापरीक्षक विन्दु बिष्टलाई मिति २०८१ असोज ५ देखि ११ सम्म सहभागी हुन स्वीकृति दिने, चीन सरकारको अनुदान सहायतामा हिल्सा–सिमीकोट सडकखण्ड, कोरला नाका, मुस्ताङमा इनल्याण्ड क्लियरेन्स डिपु (आइसीडि)/ इन्टीग्रेटेड चेक पोस्ट (आइसिपी) र अरनिको राजमार्गको माइन्टेनान्स स्लप स्टाबिलिजेशन निर्माणका लागि सम्भाव्यता अध्ययन गर्न प्राप्त भएका लेटर अफ एक्सचेन्ज (एलओई) हरुमा नेपाल सरकारको तर्फबाट हस्ताक्षर गर्न, अर्थ मन्त्रालयलाई अख्तियारी प्रदान गर्ने निर्णय गरेको छ। 

सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन भएको मितिले  १२१ दिनदेखि लागू हुनेगरी नेपाल गुणस्तर परिषद्बाट निर्धारण गरिएको नेपाल गुणस्तर ५९१:२०७७ वा नेपाल गुणस्तर ५९२:२०७७ बमोजिम उत्पादन भएको लेमिनेटेड बोरामा अनिवार्य रूपमा प्याकेजिङ गरी ५० केजी सिमेन्टको उत्पादन, भण्डारण, ओसारपसार तथा बिक्री वितरण गर्ने गरी तोक्ने निर्णय पनि गरेको छ ।

त्यस्तै असार १७ गते बसेको मन्त्रीपरिषद्को बैठकले २०८१ असार २४ देखि साउन ३ गतेसम्म संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा आयोजना हुने संयुक्त राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक परिषद्को संयोजनमा दिगो विकाससम्बन्धी उच्चस्तरीय राजनैतिक संयन्त्रको बैठकमा सहभागी हुन राष्ट्रिय योजना आयोगका माननीय उपाध्यक्ष, माननीय सदस्य प्रा.डा. संगिता सिंह र सचिवसमेतको प्रतिनिधिमण्डललाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ। 

त्यस्तै वैदेशिक रोजगार न्यायाधिकरणको सदस्यमा सहन्यायाधिवक्ता रामकुमार थापालाई तोक्ने, जापान सरकारबाट मानव संशोधन विकासका लागि छात्रवृत्ति आयोजनाको लागि प्राप्त हुने जापानी येन ४५४ मिलियन (करिब रु. ३८ करोड २२ लाख) बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय पनि गरेको छ। 

त्यस्तै बलेफी कोरिडोर १३२ के.भी. आयोजनाको प्रसारणलाइनको केन्द्र रेखाबाट दायाँ ९ मिटर र बायाँ ९ मिटर गरी जम्मा १८ मिटर अधिकार क्षेत्रभित्र पर्ने निजी जग्गा र सोभित्र रहेका संरचनाको क्षतिपूर्ति निर्धारण गर्न विद्युत क्षतिपूर्ति निर्धारण समितिको अध्यक्ष र विज्ञ सदस्य तोक्ने, रानी जमरा कुलरीया सिँचाइ आयोजनाको लम्की विस्तार तथा शाखा र प्रशाखा नहरहरूको निर्माण कार्यको लागि जग्गा प्राप्ति गर्ने, अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी समस्या समाधान गरी सिफारिस गर्न गठन भएको जाँचबुझ आयोगको म्याद २०८१/६/१५ गतेसम्म थप गर्ने निर्णय गरेको छ। 

nimb
nimb
Ncell 2
Ncell 2

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्अन्तर्गत रहेका जग्गा तथा अन्य सम्पत्ति संरक्षण गरी साबिककै अवस्थामा फिर्ता ल्याउने सम्बन्धमा पूर्वसचिव रामप्रसाद थपलियाको संयोजकत्वमा पाँच सदस्यीय उच्चस्तरीय छानबिन समिति गठन गर्ने, संयुक्त राज्य अमेरिकामा सञ्चालन हुन गइरहेको राष्ट्रपतीय निर्वाचनको अवलोकनका लागि २०८१ कात्तिक १८ देखि २१ सम्म प्रमुख निर्वाचन आयुक्तको नेतृत्वमा निर्वाचन आयुक्तद्वय रामप्रसाद भण्डारी र डा. जानकीकुमारी तुलाधरसमेतको संयुक्त राज्य अमेरिका भ्रमण स्वीकृत गर्ने, तमोर कोरिडोरअन्तर्गत धनकुटा जिल्लास्थित चतरा लेगुवाघाट सडक खण्ड निर्माणका लागि साँगुरीगढी गाउँपालिका, सहिदभूमि गाउँपालिका तथा पाख्रीवास तारपालिकामा रहेको राष्ट्रिय वनको १३५.७७ हेक्टर जग्गा प्रयोग गर्न दिने निर्णय गरेको छ। 

सरकारले बुर्तिवाङ–पौदी–अमराई–तम्घास–गोरुसिंगे १३२ के.भी. प्रसारणलाइन आयोजना निर्माणको लागि गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका, मुसीकोट नगरपालिका, इस्मा नगरपालिका एवं अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका, छत्रदेव गाउँपालिका र बाग्लुङ जिल्लाको बडिगाड गाउँपालिकामा रहेको राष्ट्रिय वनको २५.१३१२ हेक्टर जग्गा प्रयोग गर्न दिने, जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडलाई जडीबुटी भण्डारण तथा प्रशोधन एकाइ स्थापना तथा सञ्चालनका लागि गोरखा जिल्लामा ०.८३ हेक्टर राष्ट्रिय वनको जग्गा भोगाधिकार दिने र सुपर घलेम्दी जलविद्युत आयोजना निर्माणको लागि अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गतको राष्ट्रिय बनको ४.२ हेक्टर २५ वर्षसम्म जग्गा प्रयोग गर्न दिने निर्णय गरेको छ। 

त्यस्तै २०८१ असार २५ देखि साउन ४ सम्म संयुक्त राज्य अमेरिकामा हुने भिजिट अफ हस्पिटल्स इन कोलोराडो, युएसए फर द इम्प्रुभमेण्ट अफ हेल्थकेयर सर्भिस इन नेपाल भ्रमण कार्यक्रममा सहभागी हुन जिल्ला समन्वय समिति, काभ्रेपलाञ्चोकका प्रमुख दीपक कुमार गौतमलाई स्वीकृति प्रदान गर्ने, २०८१ असार २४ देखि २८ सम्म स्वीट्जरल्याण्डको जेनेभामा हुने संयुक्त राष्ट्रसंघ आदिवासी जनजाति अधिकारसम्बन्धी विशेषज्ञ संयन्त्रको १७ औँ सेसनमा सहभागी हुन आदिवासी जनजाति आयोगका माननीय अध्यक्ष रामबहादुर थापामगरलाई स्वीकृति प्रदान गर्ने, राष्ट्रिय सहकारी विकास बोर्डको सहअध्यक्ष, सदस्य तथा सदस्य–सचिव नियुक्ति तथा मनोनयनसम्बन्धी निर्देशिका स्वीकृत गर्ने निर्णय गरेको छ।

सरकारले धितोपत्रसम्बन्धी ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसदमा पेस गर्न स्वीकृति दिने, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसदमा पेस गर्न स्वीकृति दिने, रिभ्यु एण्ड एप्रिएसल अफ द इम्प्लेमेन्सन अफ द बेइजिङ डिक्लियारेशन एण्ड एक्शनका लागि तयार पारिएको राष्ट्रिय प्रतिवेदन (युनाइटेड नेसन इकोनोमिक एण्ड सोसियल कमिसन फर प्यासिफिक) मा पठाउन पठाउन स्वीकृति दिने, नेपाल कानुन व्यवसायी परिषद् ऐन, २०५० लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसदमा पेस गर्न स्वीकृति दिने निर्णय गरेको छ । 

त्यस्तै सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना (२०८१/८२–२०८५/८६) स्वीकृत गर्ने निर्णय गरेको पनि सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताइन्। 

प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१  १८:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
गुलशन झाको ५ विकेटमा ओमानमाथि नेपाल ८१ रनले विजयी
जेठ पहिलो सातादेखि सहकारीको बचत फिर्ता गर्ने सरकारको तयारी
वैशाख २८ गते संघीय संसद्को अधिवेशन आह्वान गर्न सिफारिस
सम्बन्धित सामग्री
राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश सरकारले सोमबार पुन अध्यादेश सिफारिस गरेपछि राष्ट्रपतिबाट जारी भएको उनको सचिवालयले जानकारी दिएको छ । मंगलबार, वैशाख २२, २०८३
सभापति थापाले पूर्णबहादुर खड्का र डा. कोइरालालाई भेट्दै काँग्रेस अन्तरिम विवादमा फसेको बेला नेता कोइरालासँग अहिले बिहान र निवर्तमान कार्यवाहक सभापति खड्कासँग बेलुकी भेट हुने सभापतिका स्वकी... मंगलबार, वैशाख २२, २०८३
विद्यार्थीले राजनीति गुरुबाट सिकून्, नेताको भिडबाट होइन : प्रधानमन्त्री छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले वर्षौंदेखि जरा गाडेर बसेको विद्यार्थी र कर्मचारीतन्त्रको पार्टीकरण... मंगलबार, वैशाख २२, २०८३
ताजा समाचारसबै
गुलशन झाको ५ विकेटमा ओमानमाथि नेपाल ८१ रनले विजयी मंगलबार, वैशाख २२, २०८३
जेठ पहिलो सातादेखि सहकारीको बचत फिर्ता गर्ने सरकारको तयारी मंगलबार, वैशाख २२, २०८३
वैशाख २८ गते संघीय संसद्को अधिवेशन आह्वान गर्न सिफारिस मंगलबार, वैशाख २२, २०८३
विद्यार्थीको रुचिअनुसार पठनपाठनमा प्राथमिकता : मुख्यमन्त्री आचार्य मंगलबार, वैशाख २२, २०८३
मन्त्रिपरिषद् बैठक बस्दै मंगलबार, वैशाख २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्को विवाह गर्ने एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज सोमबार, वैशाख २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु सोमबार, वैशाख २१, २०८३
पश्चिम बंगालमा पनि भाजपा सत्ता, मुख्यमन्त्री ममता बेनर्जी पराजित मंगलबार, वैशाख २२, २०८३
लिपुलेक मार्गबारे भारतको प्रतिक्रिया: ‘१९५४ देखि प्रयोगमा रहेको पुरानो मार्ग’ सोमबार, वैशाख २१, २०८३
संवैधानिक परिषद्को बैठक बस्न गणपूरक संख्या ४, निर्णय ३ जनाले गर्नसक्ने मंगलबार, वैशाख २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूची) आइतबार, वैशाख २०, २०८३
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी आइतबार, वैशाख २०, २०८३
अर्को विवाह गर्ने एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज सोमबार, वैशाख २१, २०८३
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु सोमबार, वैशाख २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्