काठमाडाैं- प्रधानमन्त्री केपी ओली संयुक्त राष्ट्रसंघको ७३औं महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिकाको न्युयोर्क प्रस्थान गरेका छन्।
_x000D_
_x000D_
प्रधानमन्त्री ओलीले असोज ११ गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। सोही दिन राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग पनि भेटवार्ता गर्ने कार्यक्रम प्रधानमन्त्रीको रहेको छ।
_x000D_
_x000D_
ओलीले असोज ८ गते सोमबार ‘नेल्सन मन्डेला शान्ति शिखर बैठक’का रूपमा उच्चस्तरीय पूर्ण बैठकलाई सम्बोधन गर्नेछन्। प्रधानमन्त्री ओली तथा श्रीमती राधिका शाक्य सोही साँझ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा श्रीमती मेलानिया ट्रम्पले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुने कार्यक्रम छ। यस्तै प्रधानमन्त्री असोज ९ गते मंगलबार संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेस्ले आयोजना गर्ने दिवाभोजमा सहभागी हुने बताइएको छ।
_x000D_
_x000D_

_x000D_
_x000D_
सोही दिन न्युयोर्कमा एसिया सोसाइटीले आयोजना गरेको ‘शान्ति, प्रजातन्त्र तथा विकास’ विषयक अन्तरक्रिया कार्यक्रममा पनि ओलीले सम्बोधन गर्नेछन्। प्रधानमन्त्री ओलीले असोज १० गते स्वीट्जरल्यान्डका राष्ट्रपति एलेन बर्सेटसँग दुईपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ।
_x000D_
_x000D_
प्रधानमन्त्री ओली असोज १३ गते औपचारिक भ्रमणका लागि न्यूयोर्कबाट कोस्टारिकाको सान होजेतर्फ प्रस्थान गर्ने कार्यक्रम छ। प्रधानमन्त्री ओलीलाई उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल र सभामुख कृष्णबहादुर महराले बिदाई गरेका थिए। (तस्बिर : नवीन पौडेल, रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।