काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहाल र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । बालुवाटारमा भएको भेटवार्तामा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको बताइएको छ ।
भेटमा रास्वपाका मन्त्रीहरु पनि सहभागी थिए । एमाले र नेपाली कांग्रेसको नयाँ गठबन्धन निर्माणपछि एमालेले हिजै सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ भने रास्वपाका मन्त्रीहरुले पनि राजीनामा दिने तयारी गरेका छन् ।
रास्वपाले नयाँ गठबन्धनमा भने सहभागी नहुने निर्णय यसअघि नै गरिसकेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।